एसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था : अनित थापा

Share this news

दार्जीलिङ,14 नोभेम्बर(निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) मुख्य कार्यपाल अनित थापाले एसआईआर (स्पेशल इन्टेन्सिब रिभ्यू ) प्रक्रियालाई जनतामाथि लागेको नचाहिँदो दुःख भन्दै यसको विरोध गरेका छन्। दुई दिवसीय सिटोङ भ्रमणको क्रममा उनले बिहीबार स्थानीय कार्यक्रममा भने, बीजेपी-ले एसआईआरको नाममा दुःख मात्रै दियो। अहिले जनतालाई आफैंलाई भारतको नागरिक भनेर प्रमाण गर्नुपर्ने स्थिति आएको छ, जुन दुःखद छ।
थापाले अहिले चलिरहेको एसआईआर फारम भर्ने कार्यले सर्वसाधारणलाई अन्योलमा पारेको बताए। उनका अनुसार जनता प्रक्रियाबारे पर्याप्त रूपमा नबुझी फारम भर्दा भोलिका दिनमा समस्या आउन सक्छ। स्थानीय नेतृत्वले जनतालाई फारम भर्न मदद गर्नुपर्छ। अहिले नै सावधान नभए भविष्यमा कागजात सम्बन्धी समस्या आउन सक्छ, उनले चेतावनी दिए।
थापाले अझ भने, हाम्रोमा भोटर कार्ड छ, आधार कार्ड छ, रासन कार्ड छ। तर अस्ति हामीले जिताएको बिजेपीको सरकारले केही दिएन, न त पानी दियो, न बत्ती, न बाटो। धन्यवादसमेत दिएन, उल्टै एसआईआरको नाममा दुःख मात्रै दियो। भ्रमणकै क्रममा थापाले सिटोङ-1 ग्राम पञ्चायत कार्यालय भवनको औपचारिक उद्घाटन गरे। भवन निर्माणपछि स्थानीय जनताले प्रशासनिक सेवा सजिलै पाउने विश्वास उनले व्यक्त गरे। हामीले पञ्चायतीराज प्रणालीलाई फर्काएर मात्र ल्याएका छैनौं, त्यसको सुचारु सञ्चालनका लागि आवश्यक पूर्वाधार पनि तयार गरिरहेका छौं, उनले भने।यसै अवसरमा उनले सिटोङ-1, निमा गोलाईदेखि कुन्तीटार हुँदै डाइरी गाउँसम्म 4.25 किलोमिटर लम्बाइको नयाँ सडक निर्माण कार्यको शिलान्यास गरे।लगभग 3 करोड 36 लाख रुपैयाँ लागतको सो सडक निर्माण गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन र पश्चिम बंगाल ग्रामीण विकास विभागको साझेदारीमा हुने जनाइएको छ।
कार्यक्रममा खरसाङ पञ्चायत समिति सहकारी सभापति नारायण थापा, सिटोङ-1 ग्राम पञ्चायतका प्रधान सुशील सुब्बा, डब्ल्यूबीएसआरडीए दार्जीलिङ डिभिजनका कार्यकारी अभियन्ता लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ