सभासद् अनि निर्णायक टोलीद्वारा 28 वटा सरस्वती पूजाको निरीक्षण भ्रमण

Share this news

खरसाङ, (निसं): जीटीएको 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि अनि 29 नम्बर खरसाङ शहर गिद्धे पहाड़ समष्टिमा आयोजना गरिएका सरस्वती पूजालाई लिएर यस वर्ष प्रतियोगिताको राखिएको छ। जीटीएका मुख्य कार्यपाल अनित थापाको सहयोग अनि 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद्‌‍ श्याम शेर्पाको प्रयासमा आयोजना गरिएको यस प्रतियोगितामा सामेल भएका विभिन्न स्थानको सरस्वती पूजाहरूको सभासद्‌‍ श्याम शेर्पा अनि निर्णायक मण्डली सदस्यहरूले स्थलगत निरीक्षण भ्रमण गरेर रिपोर्ट प्राप्त गरे।

सभासद्‌‍ अनि निर्णायक मण्डलीको टोलीले यी दुईवटा समष्टिमा आयोजना गरिएका र प्रतियोगितामा अंश ग्रहण गरेका पूजाको बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म स्थलगत भ्रमण गरेका थिए। भ्रमणको अवधिमा निर्णायक मण्डलीका सदस्यहरूले पूजा मण्डप निर्माण, मण्डप निर्माणको विषय वस्तु, पूजाको अवसरमा राखिएका सांस्कृतिक कार्यक्रम, पूजा गरिएको अवधि, पूजामा भक्तजनको सहभागिता आदि विषयमा पूजा आयोजक समितिबाट जानकारी लिए। खरसाङ्को देवरालीस्थित तीन माईलमा ग्राम सुधार समितिद्वारा आयोजित पूजादेखि आरम्भ गरिएको निरीक्षण भ्रमण नयाँ बस्ती, भिक्टोरिया, डुमाराम बस्ती, कटलेरी, शेर्पा बस्ती, सुवेदार बस्ती, नयाँ बजार, मानवीर बस्ती, बुद्ध ग्राम, गान्धी ग्राम, मन्टभियट, ढाँड़ गाउँ, उजेरी बस्ती, गिद्धे पहाड़, चौकी डाँड़ा, हाट बजार अनि अन्य स्थानहरूमा गरियो।

भ्रमणको अवधिमा पूजा आयोजक समितिका सदस्यहरूले सभासद्‌‍ अनि निर्णायक मण्डलीको स्वागत जनाउदै आ-आफ्नो पूजाको विवरणहरू प्रस्तुत गरेका थिए। निर्णायक मण्डलीका सदस्यहरूले प्राप्त गरेको सम्पूर्ण विवरणलाई जाँचेर अन्तिम निर्णय गरेपछि आगमी 26 जनवरीको दिन यी पूजाहरू मध्ये उत्कृष्ट पूजालाई पुरस्कार प्रदान गरिने भएको छ। प्रतियोगितामा प्रथम पुरस्कार नगद राशि 15 हजार रुपियाँ, दोस्रो स्थानमा रहेको पूजालाई 10 हजार अनि तेस्रो स्थानमा रहेको पूजालाई 5 हजार रुपियाँ प्रदान गरिनेछ। नगद राशिको साथमा ट्रफी अनि प्रमाण पत्र प्रदान गरिने व्यस्था गरिएको छ। सरस्वती पूजाको निम्ति प्रतियोगिता आयोजना गरिनुको उद्देश्य बारेमा बताउदै सभासद शेर्पाले वर्तमानमा युवा पिँढ़ीमा धार्मिक, सामाजिक, सांस्कृति मूल्य र मान्यतालाई बनाइ राख्नको निम्ति यसरी प्रतियोगिताको आयोजना गरिएको हो भनी बताए।

तिनले भने, विगतको समयमा खरसाङ बजार क्षेत्रमा सरस्वती पूजा भव्य, आकर्षण, भक्तिभावको साथमा धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक मूल्य र मान्यताको साथमा गरिन्थ्यो। वर्तमान युवा पिँढ़ीमा सरस्वती पूजाको धार्मिक, सांस्कृति, सामाजिक, शैक्षिक महत्व घट्दै गएको हामीले अनुभव गरिरहेका छौँ। अहिले पनि सरस्वती पूजा गरिन्छ तर विगतको समयमा जस्तो भव्यताको साथमा गरिन छोड़िन्दै गएको भान भएको छ। धार्मिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक महत्व बोकेको सरस्वती पूजाको महत्वलाई बनाइराख्ने उद्देश्यले पुरस्कार प्रदान गर्ने निधो गरेका हौँ। तिनले निरीक्षण भ्रमणमा पुग्न नसकिएका पूजाहरूको भिडोयो मागिएको बताउदै कतिपयले समय र परिस्थितिको कारण यो वर्षको प्रतियोगितामा सहभागी जनाउन नसके तापनि आगामी वर्षमा प्रतियोगितामा अवश्यै अंशग्रहण गर्ने विश्वास व्यक्त गरे। निर्णायक मण्डलीमा लक्ष्मण गुरुङ, किशोर लिम्बु, राजेन प्रधान, दिपेन प्रधान, अजित मोक्तान, लाक्पा लामा सामेल रहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ