जोखिमले भरिएको धोत्रे बजार नजिकको सडक

Share this news

दार्जीलिङ, 3 अगस्त(निसं): गत केही दिनको धेरै बर्षा-झरीको कारण धोत्रे बजार केही नजिक सडक जोखिमपूर्ण अवस्था पुगिसकेको छ। रिम्बिक- लोधोमालाई दार्जीलिङसित जोड्ने यो मुख्य मार्ग हो। यो सडक अवरोध भए क्षेत्र यातायातको दृष्टिकोणले बाधित बन्ने निश्चित छ। बर्खायामको आगमनसंगै यहाँका स्थानीयवासी लगायत चालकहरुको चिन्ता दोब्बर हुने गर्दछ। हरेक बर्ष नै सडक बाधित हुनाले स्थानीयहरुको दैनिकीमा प्रभाव पर्ने गरेको छ। यस्तोमा  सडकको अवस्था जीर्ण बन्दै आएको स्थानीयहरुको गुनासो छ। यसका साथै उनीहरुले सडकमा व्यापक लापारवाही भएको अनि नव निर्मित कलवटमा काम राम्रो नभएको बताएका छन्। उनीहरुले विभागले यो काम भएको बेला एकै दिन पनि देखरेख नगरेको आरोप पनि लगाएको छ। यो मार्ग भएर धेरै माल बाहक वाहनहरु पनि आवत जावत गर्ने हुनाले यस सडक पुन:निर्माण बलियो अनि असली ढङगमा हुनु पर्ने चालकहरुले सम्बन्धित विभागलाई माग राखेका छन्। हाल चालकहरुले उक्त सडकमा ढुङ्गाहरु लगाएर वाहन कुदाइरहेको पनि चालकहरुले गुनासो पोखेका छन्। गत साल नै पहिरो गएर सडक अवरुद्ध बनेको थियो भने हालको समय मात्रै यस बाटो निर्माण कार्य गरिरहेको थियो भने सडक पुन: निर्माण अनि मर्मती कार्य सम्पन्न हुन नपाउँदै यसको कलवट चर्केको छ जसको कारण  सडक कुनै पनि समय चुँडिने जोखिममा छ। क्षेत्रबासीले सम्बन्धित विभागले यसमाथि चाँडो भन्दा चाँडो कार्यान्वयन गरिदिने अपिल पनि गरेका छन्।
यसका साथै समष्टिका विभिन्न क्षेत्रहरुमा अविरल परेको वर्षाको कारण पहिरोको चपेटामा परेर जन जीवन अस्त व्यस्तसँगै  प्रभावित भइरहेको छ भने क्षेत्रिय सभासद नोर्देन शेर्पा, ग्राम पञ्चायत प्रधान, सदस्यहरु लगायत अन्य सरोकारवालाहरुले पहिरोग्रस्त स्थलहरुको भ्रमण अनि निरिक्षण गर्दै आवश्यकीय पहलहरु गरिरहेकोप्रति क्षेत्रबासीले कृतज्ञता प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ