Results of the Bhanu Jayanti Competition announced

हा.स्वा.ट्र. भानु जयन्ती प्रतियोगिताको परिणाम घोषणा

Share this news

हाम्रो स्वाभिमान ट्रस्टको तत्वावधानमा आयोजित अनलाइन भानु जयन्ती प्रतियोगिताको परिणाम घोषणा गरिएको छ। परमपुज्य स्वामी महाराज अनि परमपुज्य शिरोमणि आचार्य महाराजद्वारा संरक्षित हाम्रो स्वाभिमान ट्रस्टको विभिन्न राज्यबाट छनौट भएका प्रतियोगीहरूलाई अन्तिम भिडन्तमा सहभागिता गराइएको थियो। गत 13 जुलाई बेलुका साडे सात बजे आयोजित कार्यक्रममा कुल प्रतियोगीहरू 28 जना थिए। जसमा प्रथम बिनीता शर्मा, 15 वर्ष, सिक्किम, दोस्रो अनुकल्प तामाङ 14 वर्ष, सिक्किम, तेस्रो समृद्धि शर्मा 14 वर्ष, आसाम भए। सान्त्वना पुरस्कारप्राप्त गर्नेहरू ध्रुब भट्टराई 17 वर्ष, आसाम, बिष्णु काफ्ले 15 वर्ष, उत्तर प्रदेश र तनुजा देवी 9 वर्ष, आसाम भए। यो प्रतियोगिताको बिजयीहरू प्रथमलाई 31 हजार, दोस्रोलाई 15 हजार अनि तेस्रोलाई 11 हजार प्रदान गरिनेछ। सान्त्वना पुरस्कारप्राप्त गर्नेहरूलाई पनि केही रकम प्रदान गरिनेछ भने उक्त प्रतियोगिताका सम्पूर्ण सहभागीहरूलाई प्रमाण-पत्र पनि प्रदान गरिनेछ।
कार्यक्रमको प्रारम्भमा आदिकवि भानुभक्त आचार्यको तस्वीरअघि दीप प्रज्ज्वलन सम्माननीय श्रीमान शान्ता प्रधान, अवकाशप्राप्त सचिव, कृषि विभाग, सिक्किम सरकारले गरेका थिए। श्रद्धान्जलीका दुई शब्द- सम्माननीय श्रीमान देवराज उपाध्याय, अध्यक्ष, असम लोकसेवा आयोगले प्रस्तुत गरेका थिए। उक्त प्रतियोगिताका निर्णायकहरू सिक्किमबाट डा. रुद्र पौड्याल, पश्चिम बङ्गालबाट श्रीमती लतिका जोशी र आसामबाट श्रीमती नवप्रभा अधिकारी रहेकी थिइन्।
पवन शर्माद्वारा सञ्चालित कार्यक्रममा ट्रस्टका अन्तराष्ट्रिय संयोजक डा. मोहन कार्की अनि नारायण खतिवडा, ट्रस्टका केन्द्रीय सचिव, योग एवं सुस्वास्थ्य प्रकोष्ठ र असम प्रान्तका अध्यक्ष नारायण खतिवडाको विशेष पहलमा यो प्रतियोगिताको आयोजन गरिएको थियो।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन