Results of the Bhanu Jayanti Competition announced
Results of the Bhanu Jayanti Competition announced

हा.स्वा.ट्र. भानु जयन्ती प्रतियोगिताको परिणाम घोषणा

Share this news

हाम्रो स्वाभिमान ट्रस्टको तत्वावधानमा आयोजित अनलाइन भानु जयन्ती प्रतियोगिताको परिणाम घोषणा गरिएको छ। परमपुज्य स्वामी महाराज अनि परमपुज्य शिरोमणि आचार्य महाराजद्वारा संरक्षित हाम्रो स्वाभिमान ट्रस्टको विभिन्न राज्यबाट छनौट भएका प्रतियोगीहरूलाई अन्तिम भिडन्तमा सहभागिता गराइएको थियो। गत 13 जुलाई बेलुका साडे सात बजे आयोजित कार्यक्रममा कुल प्रतियोगीहरू 28 जना थिए। जसमा प्रथम बिनीता शर्मा, 15 वर्ष, सिक्किम, दोस्रो अनुकल्प तामाङ 14 वर्ष, सिक्किम, तेस्रो समृद्धि शर्मा 14 वर्ष, आसाम भए। सान्त्वना पुरस्कारप्राप्त गर्नेहरू ध्रुब भट्टराई 17 वर्ष, आसाम, बिष्णु काफ्ले 15 वर्ष, उत्तर प्रदेश र तनुजा देवी 9 वर्ष, आसाम भए। यो प्रतियोगिताको बिजयीहरू प्रथमलाई 31 हजार, दोस्रोलाई 15 हजार अनि तेस्रोलाई 11 हजार प्रदान गरिनेछ। सान्त्वना पुरस्कारप्राप्त गर्नेहरूलाई पनि केही रकम प्रदान गरिनेछ भने उक्त प्रतियोगिताका सम्पूर्ण सहभागीहरूलाई प्रमाण-पत्र पनि प्रदान गरिनेछ।
कार्यक्रमको प्रारम्भमा आदिकवि भानुभक्त आचार्यको तस्वीरअघि दीप प्रज्ज्वलन सम्माननीय श्रीमान शान्ता प्रधान, अवकाशप्राप्त सचिव, कृषि विभाग, सिक्किम सरकारले गरेका थिए। श्रद्धान्जलीका दुई शब्द- सम्माननीय श्रीमान देवराज उपाध्याय, अध्यक्ष, असम लोकसेवा आयोगले प्रस्तुत गरेका थिए। उक्त प्रतियोगिताका निर्णायकहरू सिक्किमबाट डा. रुद्र पौड्याल, पश्चिम बङ्गालबाट श्रीमती लतिका जोशी र आसामबाट श्रीमती नवप्रभा अधिकारी रहेकी थिइन्।
पवन शर्माद्वारा सञ्चालित कार्यक्रममा ट्रस्टका अन्तराष्ट्रिय संयोजक डा. मोहन कार्की अनि नारायण खतिवडा, ट्रस्टका केन्द्रीय सचिव, योग एवं सुस्वास्थ्य प्रकोष्ठ र असम प्रान्तका अध्यक्ष नारायण खतिवडाको विशेष पहलमा यो प्रतियोगिताको आयोजन गरिएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ