Bandana Rai promise Kurseong
Bandana Rai promise Kurseong

बन्द गरिएको सयदिने रोजगार योजनालाई सयदिनमा चालु गराउने

Share this news

१०० दिने काम जुन दार्जाीलिङका सांसद राजु बिष्टले ५ बर्ष सम्म रोकेर श्रमिक वर्ग, मजदुर वर्ग र खटी खाने युवाहरूको पेटमा लात हान्ने काम गरेको आरोप खरसाङ विधानसभाकी आइजीजेएफ उम्मेदवार, अधिवक्ता बन्दना राईले लगाइन्। यो रोक लगाएको पाँच वर्ष भइसकेको भन्दै पाँच वर्षमा एक लाख तेह्र हजार बन्द भएको बताउँदै राईले त्यस कार्यलाई यदि यस चुनावमा जीतेर विधायिका भएको खण्डमा १०० दिन भित्र शुरु गर्ने वचन दिने वाचा गर्दै तोस रोटीको चिनोमा मतदान गर्ने अनुरोध गरिन्। चुनाव प्रचारको अन्तिम दिनमा बन्दना राईले भीडीओ मार्फत खरसाङको जनतालाई अनुरोध गरेकी छिन्।

योभन्दा पहिला आफ्नो चुनावी प्रचार प्रसार गर्न गाउँ, बस्ती चिया बगान, आदि क्षेत्रहरूमा पुगेकी थिइन्। यस अवधि उनले इण्डियन गोर्खा जनशक्ति फ्रण्ट भनेको पहाडबासी तथा गोर्खाहरूको एक मात्र विकल्प रहेको बताउदै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट हार्नु भनेको गोर्खा हार्नु हो,पहाड हार्नु हो भन्ने बताए।तिनले अघि भने दार्जीलिङ पहाडबाट क्षेत्रीयबाद हराउँदै जान्दैछ,हाम्रो संस्कृति,परम्परा सबै हराउँदै जाँदैछ। दार्जीलिङ पहाडमा भष्ट्रचार धेरै बढेर गएको छ।भारतीय जनता पार्टीले पहाडबासी तथा गोर्खाहरूलाई फेरि बोरामा हाल्ने काम गरेको छ।भाजपाले आफ्नो चुनावी घोषणा पत्रमा स्थायी राजनैतिक समाधानको उल्लेख गरेको छ।गत लोकसभा चुनावमा भाजपाले स्थायी राजनैतिक समाधान भन्ने विषय हट्टसएको थियो तर बंगाल विधानसभा चुनावको संकल्प पत्रमा स्थायी राजनैतिक समाधानलाई समावेश गरेको छ।

राज्य सरकारले पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्धकालिन समस्यालाई समाधान गर्न सक्छ?भन्दै बन्दना राईले प्रश्न तेर्साए।हामीले ल्याएको राजु विष्ट गोर्खाको नेता कसरी भयो,राजु विष्ट दार्जीलिङमा जन्मेको व्यक्ति होइन,उसलाई दार्जीलिङ पहाडको असली समस्या थाहा छैन।चिया श्रमिकहरूको समस्या थाहा छैन।राजु विष्ट हाम्रो जन प्रतिनिधि भएर अरूकै प्रचार प्रसार गर्नमा व्यस्त छ।ईडी सिलगढीसम्म आई सकेको छ तपाईहरूले मलाई जिताउनु भयो भने ईडी, सीबीआई पहाडमा ल्याउने छु, भष्ट्रचारीहरूलाई ठीक पार्ने उनले बताइन्।

यसरी नै बन्दना राईले खरसाङ बजारमा रैली निकालेकी थिइन्। रैलीमा आईजीजेएफ उम्मेद्वार बन्दना राई स्वयम उपस्थित थिए।त्यसरी नै पार्टी केन्द्रीय संयोजक अजय एडवाडर्स लगायत पार्टीको अन्य केन्द्रीय नेतृत्वहरूसंग संगै चिया श्रमिकहरूको बाक्लो उपस्थिति रहेको थियो।इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,को रैलीले पुलिस प्रशासनले रोकेर राखे तर रैली निरन्तर रूपमा अघि बडी रहयो।यसै वीच इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,ले राज्य सरकारद्वारा जारी गरेको पाँच डेसिमल पर्जा पटटाको प्रतिलिपि जलाए।गत केही महिना अघि राज्यको तृणमूल सरकारले उतर बंगालको चिया बगानहरूका रैथान चिया श्रमिकहरूलाई पाँच डेसिमल जमीनको पर्जा पटटा वितरण गर्ने अधिसूचना जारी गरेका थिए।दार्जीलिङको सत्ताधारी पार्टीको नेतृत्वहरूले दार्जीलिङ पहाडको चिया श्रमिकहरूलाई पाँच डेसिमल जमीनको पर्जा पटटा स्वीकार्ने अनुरोध गर्दै आएका थिए तर पहाडको चिया श्रमिकहरूले पहाडको सत्ताधारी पार्टीको नेतृत्वहरूले गरेको अनुरोधलाई नकार्दै पाँच डेसिमल पटटाको विरोध जनाएका थिए।

दार्जीलिङ पहाडमा चियाको खेती हुन भन्दा धेरै बर्ष अधिदेखि हाम्रो पूर्खाहरू बसो बासो गर्दै आएको हुन अनि यी जमीनहरू हाम्रो पिता पूर्खाहरूले कमाएको जमीन हो।हामीलाई पाँच डेसिमल शरणार्थी पर्जा पटटा होइन हाम्रो पिता पूर्खाहरूले कमाएको सबै जमीनको पर्जा पटटा चाहिन्छ भन्ने चिया श्रमिकहरूको स्पष्ट अडान छ।स्मरण रहोस राज्यको तृणमूल सरकारले उतर बंगालका 50 प्रतिशत भन्दा धेर ब्यापार उद्योगमा प्रयोग गरिने प्रस्ताव पारित गरी सकेको छ।पहाडको सत्ताधारी पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको शीर्ष नेतृत्वहरूले धेरै पटक पाँच डेसिमल पर्जा पटटालाई प्रयोग गरेर छोडने खुल्ला रूपमा बताउँदै आएकी छिन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ