विशिष्ट सामयीकीको कालान्तर-3 विमोचन

Share this news

दार्जीलिङ,2 मार्च(निसं): बिजनबारी  नगर पुस्तकालयद्वारा विशिष्ट सामयीकीको तेस्रो प्रकरण  कालान्तर-3 को आईतबार विमोचन गरियो। स्थानीय खण्ड विकास कार्यालय स्थिति सम्पद भवन बिजनबरीमा आयोजित कार्यक्रममा साहित्यकार मोहन ठकुरी, कवि ज्ञानेन्द्र खतिवडा,  डिस्ट्रीक लाइब्रेरी अफिसर अमृत सुब्बा, प्राध्यापक आरबी भुजेल ,प्राध्यापक डीबी छेत्री, मधुसूदन विष्ट कवि मनप्रसाद सुब्बासगै दार्जीलिङ , खरसाङ सिलगढी, सिक्किम सँगै क्षेत्रभरका साहित्यिक सर्जकहरुको बाक्लो उपस्थिति रहेको थियो। साहित्यकार मनप्रसाद सुब्बाद्वारा सम्पादन गरिएको उक्त पत्रिकमा दुईवटा भाषा क्रमशः नेपाली अनि अग्रेजीमा रहेको छ भने यस पत्रीकाले क्षेत्रीय साहित्यमा महत्त्वपूर्ण भुमिका निभाउन सक्ने अपेक्षा गरिएको छ।यसैवीच कवि मनप्रसाद सुब्बाले कालन्तरको क्षेत्रमा बोलेको महत्त्वबारेमा बृस्तित रूपमा जानकारी गराए भने पहिलोदेखि तेस्रो अकसम्म आउँदा पुस्तकमा धेरै नयाँपन ल्याउन कोशिश गरेको बताए।

यस्तै कालन्तर केवल एक पुस्तक मात्रै नभएर बिजनबारी भेगको एतिहासिक ग्रन्थ रहेको तथा यस पुस्तकको तीनैवटै अङ्कमा बिजनबारी भेगको एतिहासिक पक्षहरु सगै साहित्यिक बिषयबस्तुहरुलाई समेटिएको जयकुमार राईले बताए। यसको साथमा उनले बिजनबारी नगर पुस्तकालयले अत्यन्तै सहरानीय कदम उठाएको बताउदै यस पुस्तकलाई सबैले एकपटक हेरिदिने उनले अनुरोध गरे। अर्कोतिर पुस्तकालय भनेको केवल पुस्तकहरु ठेलीहरु मात्रै नराखेर साहित्यको जगेडा गर्ने भएकोले आफुहरुले हुनसक्ने कदम चालेको पुस्तकालय प्रभारी सुधा छेत्रीले बताइन् भने कालन्तरको हालसम्म प्रकाशित दुबैवटा अकलाई जस्तै पाठकहरुले माया गरिदिने अनुरोध समेत उनले गरिन। याद रहोस् बिजनबारी क्षेत्रको एतिहासिक तथ्यहरुलाई समेट्ने प्रमुख उदेश्यको साथमा वर्ष 2012 सालदेखि कालन्तर पत्रीका प्रकाशित गर्न शुरु गरिएको थिए भने दोस्रो अङ्क गत 2018 साल तथा तेस्रो अङ्क 2026 सालमा प्रकाशित गरिएको हो।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ