रङली चिया बगानका श्रमिकको बेतन समस्याबारे श्रम मन्त्रीलाई भेट

Share this news

दार्जीलिङ,31 जनवरी(निसं): दार्जीलिङ पहाडी क्षेत्रमा अवस्थित रङली चिया बगानमा गत महिनौदेखि बेतन तथा दैनिकी रोजी नपाउँदा श्रमिक तथा कर्मचारीहरू गम्भीर आर्थिक संकटमा परेका छन्। आफ्नै पसिनाले चिया बगान जोगाइरहेका श्रमिकहरू आज घरखर्च, बालबालिकाको पढाइ तथा औषधोपचार जस्ता आधारभूत आवश्यकतासमेत पूरा गर्न नसक्ने अवस्थामा पुगेको
यस गम्भीर समस्यालाई ध्यानमा राख्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले राज्यका श्रम मन्त्री मलय घटकलाई सम्बोधन गरी पत्र पठाएका छन्। उक्त पत्र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन डेपुटी चियरमेन राजेश चौहानले कलकता पुगेर शुक्रबार श्रम मन्त्रीलाई हस्तान्तरण गरिएको जानकारी छ।
यसबारे थप जानकारी अनुसार, डेपुटी राजेश चौहानले कोलकाता बाट जानकारी दिए अनुसार, यो पत्र रङली चिया बगानका सयौँ श्रमिकहरूको पीडा, अपेक्षा र न्यायको माग बोकेको महत्वपूर्ण दस्तावेज हो। पत्र बुझ्दै श्रम मन्त्री मलय घटकले समस्याप्रति गम्भीर चासो व्यक्त गर्दै विभागीय अधिकारीहरूलाई चियावगानका मालिक पक्षसँग तत्काल बैठक बसेर समाधान निकाल्न कडा निर्देशन दिएका छन्।
उनले भने, श्रम मन्त्रीले देखाएका संवेदनशीलताले राज्य सरकार श्रमिकहरूको समस्याप्रति सचेत रहेको छ। लामो समयदेखि अन्याय सहँदै आएका रङली चियावगानका श्रमिकहरूमा यस कदमले आशाको नयाँ किरण पलाएको छ।चौहानले थप भने, यद्यपि श्रमिक पक्षले निर्देशन केवल कागजमै सीमित नरही व्यवहारमा लागू हुनुपर्ने माग गरेका छन्। उनीहरू दया होइन, आफ्नो अधिकार चाहन्छन्, समयमा नै वेतन, सम्मानजनक जीवन र सुरक्षित भविष्य।  मालिक पक्षले चियावगानलाई केवल व्यापारको रूपमा होइन, श्रमिकहरूको जीवनसँग गाँसिएको संवेदनशील विषयका रूपमा बुझ्नुपर्ने श्रमिकहरूको भनाइ छ।रङली चिया बगानमा उठाइएको यो कदमले यदि श्रमिकहरूको पीडामा राहत दिन सके, त्यो केवल श्रमिकहरूको जित मात्र नभई मानवता र न्यायको पनि जित हुने विश्वास व्यक्त गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ