दार्जीलिङमा राम नवमीको शोभा यात्रा

Share this news

दार्जीलिङ, २8 मार्च (निसं): दार्जीलिङमा बसोबास गर्ने सबै जाति र धर्मावलम्बीहरू एउटै रहेको सन्देश दार्जीलिङका मुस्लिम समुदायले शुक्रबार दार्जीलिङमा आयोजना गरिएको राम नवमीको पवन अवसरमा दियो। भक्तजनहरूले पटेका पड़ाएर, नाँच गान गर्दै भक्तिभावको साथ जयश्री रामको गगनवेदी नाराहरू लगाए। सोही अवसरमा कुराकानी गर्दै जावेदअलीले भने, दार्जीलिङमा कुनै भेदभाव छैन र सबै नङ्ग र मासु सरह मिलेर बसेको छ। चाहे हिन्दुहरूको महान पर्व होस् वा गोर्खाहरूको कुनै चाँड़ पर्व होस्, हामी सबै एक भई पालन गर्छौँ। आज राम नवमीको दिन धार्मिक अनुष्ठानमा सहभागिता जनाएर यहाँ कुनै मतभेद छैन भन्ने सन्देश विश्वलाई दिन चाहेको उनले बताए। ल हुसेल होस् या दार्जीलिङ नगरपालिकाको तत्वमा आयोजित रामनवमीको अवसरमा शहरमा निकालिएको शोभा यात्रामा दार्जीलिङका मुस्लिमहरूले पनि सहभागिता जनाउँदै राम नवमीको पहाड़लाई शुभकामना दिए। शहरमा बढ़ो धुमधाम अनि हर्षोउल्लासको साथ शुक्रबार राम नवमी पालन गरियो। नगरपालिकाको तत्वधानमा आयोजित उक्त राम नवमीमा महाकाल मन्दिर कमिटी, सिद्धी बिनायक कमिटी साथै विभिन्न संघ संस्था अनि समाजका प्रतिनिधिहरूले भाग लिएका थिए। दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीले बताएअनुसार बिहान ठाकुबाड़ी मन्दिरमा पूजा अर्चना गरेपछि शोभा यात्रा निकालियो। जुन शोभा यात्रा चौरास्तामा पुगेपछि त्यहाँ श्रद्धालु भक्तजनहरूको लागि स्थापना पारिएको भगवान राम र सीताको प्रतिमामा पूजा गरियो । शोभा यात्रामा व्यापक मात्रमा भक्तजनहरूको उपस्थिति थियो ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ