लप्चु डाँडा गाउँमा रञ्जीत राईको घर आगलागीमा स्वाहा

Share this news

दार्जीलिङ, 21 मार्च(निसं):गत बिहीबार साँझ सात बजी लप्चु चियाबारीको पारी डाँडा गाउँ वार्ड नम्बर 6  निवासी रञ्जीत राई (45) को घर आगलागीमा परेर स्वाहा भएको समाचार प्रकाशमा आएकोछ । प्राप्त जानकारी अनुसार, घट्ना हिजो साँझ लगभग सात बजी भएको बताइएको छ। अचनाक रञ्जित राईको घरमा आगो लागेको देखिए पछि गाउँ घरमा खैला-बैला मच्चिए भने आगोले विकराल रुप लिएको थियो। दुई तले घरको माथिल्लो तला जलेर स्वाहा भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन। गत दिनमा आएको मुसलधारे पानी अनि हावा हुण्डरीको कारण सर्वत्र क्षेत्रमा विद्युत सर्वाराह ठप्प रहेको कारण चारैतिर अन्धकार रहेको थियो। अन्धकारको कारण उद्दार कार्यमा समस्या भए तापनि परिवार सुरक्षित रहेको बताइएको छ् । तथापि,परिवारको एक सदस्य सञ्जित राई (40)-लाई अस्पताल लगिएको स्थानीय बिजु गुरुङले जानकारी दिएका छन् । उक्त आगलागी मोम बत्तीबाट भएको परिवार पक्ष अनि स्थानीयहरुको भनाई छ् ।
आज घट्नाको जानकारी पाएर तक्लिङ-पेशोक समष्टि सभासद मनि प्रसाद राईले घटना स्थलको जानकारी लिए भने रङ्गलीयट-रङ्गलीयट प्रहरी चौकीबाट पनि अधिकारीहरुले भ्रमण गरेको बताए साथै स्थानीय लामाहट्टा ग्राम पञ्चायत सदस्य लक्ष्मी राईले घट्ना स्थलको विस्तृत जानकारी सङ्कलन गरेर सम्बन्धित निकाय समक्ष दिएको जानकारीछ। यसबारे जानकारी लिन स्थानीय पञ्चायत समिति सदसय सुजन थापासँग सम्पर्क गर्दा हुन् सकेनन् । सदस्य थापा पनि हिजो आगलागी हुँदा घट्नास्थल पुगेका थिए ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ