सिलगढीको हाकिमपाडा क्षेत्रमा डुवर्सकी गोर्खे विद्यार्थीहरूमाथि ‘विदेशी’ भन्दै दुर्व्यवहार अनि अपमानजनक व्यवहारले सम्पूर्ण गोर्खा जातिको आत्मसम्मानमा गम्भीर चोट पुर्यािएको छ। सिलगढी नगर निगमकी काउन्सिलर शोभा सुब्बा घटनास्थलमा पुगेर जायजा लिएकी छिन्। उनले दोषीलाई कारवाही हुनपर्ने माग गरेकी छिन्। अर्कोतिर दोषीको विरूद्धमा पुलीस थानामा रिपोर्ट गरिसकिएको र यो घटनालाई पुलीसले गम्भीरताका साथ अनुसन्धान गरिरहेको जानकारी पाइएको छ। उक्त घटनाले साम्प्रदायिक रुप नलेओस् भनेर पुलीस त्यतिकै चनाखो रहेको छ भने पुलीसले सबैलाई शान्ति र सद्भावना राख्ने अनुरोध गरेको छ।