बलिदान दिवसको अवसरमा गाड़ीधुरा नवदीप परिवारले खुल्ला कविता आवृत्ति प्रतियोगिता गर्ने

Share this news

पङ्खाबारी, (निसं)ः खरसाङ खण्ड अन्तर्गत गाड़ीधुराको एउटा सामाजिक संस्था गाड़ीधुरा नवदीप परिवारले आगमी 25 अगस्त 2025 को दिन 81 औँं बलिदान दिवस पालन गर्ने भएको छ। यसबारे जानकारी गराउन यहाँ एउटा प्रेस भेलाको आयोजना गरिएको थियो। कार्यक्रमबारे अवगत गराउँदै क्लबको पक्षबाट अनुप रामुदामु अनि रोशन विश्वकर्माले बताए अनुसार गोर्खा स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्ललाई अंग्रेज शासकद्वारा फाँसी दिइएको दिनलाई स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम पालन गरिनेछ। उक्त दिन हुने कार्यक्रममा गाड़ीधुरा बजारमा अवस्थित शहीद मेजर दुर्गा मल्लको सालिगमा श्रद्धाञ्जली अर्पण गर्ने त्यसपछि गाड़ीधुरा सार्वजनिक भवनमा रक्तदान शिविरको पनि आयोजना गरिने भएको छ। त्यसरीनै कार्यक्रममा अन्तमा ‌‘म कवि‌’ खुल्ला कविता वाचन प्रतियोगिता आयोजना गरिने जानकारी गराएका छन्‌‍। त्यस प्रतियोगितामा अंशग्रहण गर्नको निम्ति क्लबको पक्षबाट प्रवेश फारम साथै नियमवाली आगमी 5 अगस्तदेखि उपलब्ध गराइने औ यी फारमहरूको निम्ति खरसाङ्मा सुवास छेत्री “भावुक”, सुर्दशन प्रधान “अम्बटे” सित सम्पर्क गर्ने साथै क्लबका सदस्यहरूसित पनि सोझै सम्पर्क गरेर लैजान सक्ने जानकारी गराएका छन्‌‍। बलिदान दिवस श्रद्धाञ्जली कार्यक्रमबारे अघिल्ला दिनहरूमा सञ्चार माध्यमबाट अधिक जनाकारी दिइने पनि तिनीहरूले बताएका छन्‌‍। यस प्रेस भेलामा क्लबका सभापति गोबिन्द छेत्री, सचिव रोशन विश्वकर्मा, कोषाध्यक्ष सुवास छेत्री अनि आनन्द विश्वकर्माको विशेष उपस्थिति रहेको थियो भने क्लबका पक्षबाट सम्पूर्ण साहित्य प्रेमी, भाषा अनुरागीहरूलाई कविता वाचन प्रतियोगितामा अंशग्रहण गरिदिने आग्रह गरिएको छ।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ