हाउहिङ फल अलको रकम तुरुन्तै र सबैले पाउन पर्ने माग उठ्यो

Share this news

खरसाङ, (निसं): प्रधानमन्त्री आवास योजना हाउसिङ फर अलका लाभार्थीहरूको एक सभा खरसाङ्को गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भएको छ। यो सभामा खरसाङ नगरपालिकाको विभिन्न वार्डबाट हाउहिङ फर अलका लाभार्थीहरूको उपस्थिति रहेको थियो। सभामा 2019-20 का लाभार्थीहरू प्रत्येकलाई 1-1 लाख रुपियाँ भुक्तान गरिने विषयमा चर्चा गरियो। सभामा कतिपय लाभार्थीहरूले आफूहरूले नगरपालिका कार्यालयमा पुगेर जानकारी लिएको बताउदै नगरपालिकाबाट प्राप्त जानकारी अनुसार 2019-20 का 5 सय लाभार्थीहरूलाई 1 लाख रुपियाँ गरेर भुक्तान गरिने अनि 2018-19 का लाभार्थीहरूको रहल रकम भुक्तानको निम्ति पनि पैसा आइसकेको सभामा अवगत गराए। 2019-20 का लाभार्थीहरूलाई एक लाख रुपियाँ गरेर भुक्तान गरिने भनिन्दैछ, 2018-19 का लाभार्थीहरूलाई पनि भुत्कान गरिने भनिन्दैछ। यसरी लाभार्थीहरूको घर निर्माणको निम्ति पैसा आएको छ भने किन केही लाभार्थीहरूलाई मात्र पैसा हलिन्दैछ, किन सबैलाई पैसा हालिएको छैन? भनी सभामा उपस्थित लाभार्थीहरूले प्रश्न गरे। सभामा उपस्थित लाभार्थीहरूले सबै लाभार्थीको ब्याङ्क खातामा तुरुन्तै पैसा हालिन पर्ने माग गरे। सभापछि दर्पणसित कुरा गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट खरसाङ क्षेत्रका प्रवक्ता रामकृष्ण शर्माले भने, हाउहिङ फर अलका लाभार्थीहरू 7-8 वर्षदेखि आफ्नो पाउन पर्ने रकम नपाएकाले ठूलो मर्कामा थिए। योजनाको रकम नपाएकाले धेरै लाभार्थीहरू आधाकल्चो घरमा दुःख-कष्ट सहेर बसिरहेका थिए। लाभार्थीहरूले 7-8 महिनादेखि आफ्नो पाउन पर्ने रकमको मागमा आवाज उठाएपछि धमाधम रकम आउन थाल्यो। धेरै लाभार्थीहरूले 7-8 वर्षसम्म पाउन नसकेका रकप पाए। अझ पनि सबैले रकम पाइसकेका छैनन्‌‍। 2019-20 का लाभार्थीहरूलाई 1 लाख रुपियाँ गरेर रकम भुक्तान गरिने भनिन्दैछ, ती मध्ये कतिपय लाभार्थीहरूको खातामा रकम पसिसकेको पनि जानकारी पाइएको छ। 2019-20 का 5 सय लाभार्थी छन्‌‍, 5 सय लाभार्थीको निम्ति रकम आएको हो भने 5 करोड़ रुपियाँ रकम आएको छ। 2018-19 का लाभार्थीहरूलाई पनि रहल रकम भुक्तान गरिने भनिन्दैछ। रकम आएको छ भने सबैलाई तुरुन्तै भुक्तान गरिन पर्छ भन्ने लाभार्थीहरूको माग छ। हामी जबसम्म सबै लाभार्थीहरूले उनीहरूको अधिकारको सम्पूर्ण रकम प्राप्त गर्दैनन्‌‍ तबसम्म आवाज उठाइरहनेछौँ। भक्तभोगी लाभार्थीहरूलाई उनीहरूको अधिकार दिलाउनको निम्ति हामी कानुनी प्रक्रियामा जान पनि तयार छौँ, यसको निम्ति हामीले तयारी पनि गरिरहेका छौँ। तिनले आईजीजेएफ पार्टी जहिले पनि जनसाधरणलाई परेको मर्कामा अघि आउने गरेको दावी गर्दै भने, हामी जनसाधरणलाई परेको खण्डमा जहिले पनि अघि आएका हुन्छौँ, मरिक र कालेबुङ्मा 60-70 प्रतिशत घर निर्माणको कार्य पुरा हुँदा खरसाङ्मा किन हुन सकेन? आरटीआईको जवाफमा 3 सय 38 घर निर्माणको कार्य पुरा भइसकेको जनाइएको छ तर ती घर कुन कुन हुन्‌‍ भनी जानकारी माग्दा दिइएन। शर्माले आरोप लगाउइदै भने, यहाँ नगरपालिका चेयरम्यान, भाइस चेयरम्यान, नेताहरूको आफन्तको नाममा हाउजिङ फल अलको घर प्रदान गरिएको हामीले पाएका छौँ। यसरी नगरका गरीब मानिसहरूले नपाएर कसरी यस्ता व्यक्तिहरूले यो योजनाको लाभ पाए? यो एउटा गम्भीर प्रश्न छ।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ