4 वटा लेबर कोड खारेज गर्ने मांगमा आयोजित विरोध कार्यक्रममा पहाड़बाट हिल प्लान्टेशन एम्प्लाइज यूनियनको सहथभागिता

Share this news

खरसाङ, (निसं)ः केन्द्र सरकारद्वारा मजदुर-विरोधी 4 वटा लेबर कोड खारेज गर्ने मांग माथि जोर दिँदै देशको अन्य ठाउँहरू झैं कोलकाता शहरमा आईतवार मजदुर अधिकार सङ्घर्ष अभियानको ब्यानरमा आयोजित विरोध कार्यक्रममा पहाड़बाट हिल प्लान्टेशन एम्प्लाइज यूनियन (एचपीईयू) को पक्षबाट यूनियनका वरिष्ठ श्रमिक नेता सुमेन्द्र तामाङ साथै तिनको अन्य सहयोगीहरूले पनि आफ्नो सहभागिता जनाए साथै कोलकाताको उक्त मञ्चबाट नै तामाङले मजदुर-विरोधी 4 वटा लेबर कोड खारेज गर्ने मांग माथि जोर दिए । एउटा प्रेस विज्ञप्ति मार्फत्‌‍? तिनले जनाए अनुसार, देशभरिका मजदुर सङ्गठनहरू र ट्रेड युनियनहरूका तमाम विरोधहरूलाई बेवास्ता गर्दै विगत 21 नोभेम्बरको दिन मोदी सरकारले पुञ्जीपतिहरूको हितमा बनाइएका 4 वटा लेबर कोड वा श्रम संहिताहरू बलजफ्ती लागू गरिएको छ। यी लेबर कोडहरूको मूलमा छ ‌‘हायर एण्ड फायर‌’ अर्थात्‌‍ मनपरी काममा राख्ने र निकाल्ने नीति, यसले गर्दा काम गर्ने घण्टा, ओभरटाइम, बिदा र कार्यका शर्तहरूलाई जसरी पनि मोड्न-तोड्न सकिनेछ। ठेका-बिघा प्रथालाई कानूनी बनाइदिएको छ र प्रशिक्षार्थी तथा ट्रेनीको नाममा ‌‘फोकटे मजदुरीमा काम गराउनु वैध हुनेछ। एकातिर छटनी-लकआउट सहज हुनेछ, अर्कातिर युनियन बनाउनु, कलेक्टिभ बार्गेनिङ अनि आन्दोलन र सम्झौता लगभग असम्भव हुनेछ, विरोध गर्ने मजदुरहरू विरुद्ध आपराधिक मुद्दा दर्ता गर्ने अधिकार दिइएको छ। लेबर कोर्टहरू समाप्त हुनेछन्‌‍ र श्रम अधिकारीहरू फेसिलिटेटर वा ‌‘सहजकर्ता‌’ बन्नेछन्‌‍, जसको काम केवल सल्लाह दिनु मात्रै हुनेछ। असंगठित क्षेत्रका मजदुरहरू अझ असुरक्षित हुनेछन्‌‍। सत्तामा आएदेखि नै मोदी सरकारले मजदुर अधिकारहरू खोस्ने काम निरन्तर गरिरहेको छ। भारतीय श्रम सम्मेलन (आईएलसी) सन्‌‍ 2015 देखि बन्द भएको छ। सरकारी-सार्वजनिक संस्थानहरू र प्राकृतिक संसाधनहरूलाई अम्बानी-अडानी जस्ता पूञ्जीपतिहरूलाई दिने खेल जथाभावी हुँदै गयो। लामो सङ्घर्षबाट प्राप्त सीमित श्रम कानूनी अधिकारहरूलाई लकडाउनको समयमा, केन्द्र सरकारले समाप्त गरी 4 वटा लेबर कोडहरूलाई एकतर्फी ढङ्गले पारित गरेर मजदुर-खटीखाने वर्गलाई पूँजीपतिहरूको नयाँ-दास बनाइदिएको छ। विगत दिनहरूमा मोदी सरकारद्वारा जारी केन्द्रीय श्रम शक्ति नीति सन्‌‍? 2025 मा भारतको संविधानमा सबै नागरिकका समान अधिकारहरूको घोषणाको सट्टा मनु-संहिताको मार्गमा हिँड्ने स्पष्ट घोषणा छ। यसको स्पष्ट अर्थ के हो भने मजदुरहरूका लागि काम जाति र लिंगको आधारमा निर्धारण हुनेछ। बिहार चुनाव परिणाम घोषित हुने बित्तिकै नयाँ श्रम संहिताहरू देशभर लागू गरिएको छ। पूञ्जीपतिहरूको हितमा रहेको यी कोडहरूले मजदुर-खटीखाने वर्गबाट अधिकार, सुरक्षा, स्वतन्त्रता र सम्मान पनि खोस्नेछन्‌‍। मोदी सरकारको यो कदम खासैमा खटीखाने वर्ग लगायत जागिरे र पेशाजीवी तब्कालाई अधिकारविहीन नग्न गुलामीतिर धकेल्ने सुनियोजित प्रयास हो। यो मजदुर वर्गमाथि सङ्गठित, खतरनाक र क्रूर हमला हो, एउटा वर्गीय युद्ध हो जसलाई मजदुरहरूको प्रतिरोध र एकजुट सङ्घर्षले मात्र रोक्न सकिन्छ। त्यसैले, यस फासीवादी हमलाविरुद्ध, आज भारतका मजदुर-खटीखाने वर्गले धर्म, जाति, नश्ल र लिंगभन्दा पर एक मजदुरकै रूपमा एकजुट भएर प्रतिरोध गर्नु पर्छ। फासीवादी शक्तिहरू र देशी-विदेशी ठूला पूञ्जीपतिहरूको हितमा लगातार बढ्दै गरेको यस आक्रमणका विरुद्ध हामी उभिनु पर्छ। आज देशका सबै श्रमिकहरू यस भयानक हमलाविरुद्ध एकजुट हुने समय आएको छ भनी तामाङले जोर दिँदै भनेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ