Promotion program organized by Gorkha Mothers Welfare Society
Promotion program organized by Gorkha Mothers Welfare Society

गोर्खा मदर्स वेलफेयर सोसाइटीद्वारा सम्बर्द्धना कार्यक्रम आयोजित

Share this news

गोर्खा मदर्स वेलफेयर सोसाइटी नयाँ दिल्लीले एउटा कार्यक्रमको आयोजन गरी प्रतिभाशाली गोर्खा विद्यार्थीहरूलाई सम्बर्द्धना जनाएको थियो। नयाँ दिल्लीको सफदरजङ्ग एन्क्लेव अवस्थित गोर्खा वेलफेयर सेन्टरमा आयोजित कार्यक्रमको अध्यक्षता गोर्खा मदर्स वेलफेयर सोसाइटीका संस्थापिका प्याट्रिसिया निकोेलसद्वारा गरिएको थियो। प्रमुख अतिथिका रुपमा साहित्यकार तथा विशिष्ट समाजसेवी उत्तम कुमार छेत्री थिए। विशिष्ट अतिथिहरूमा अवकाशप्राप्त कर्णल तथा विशिष्ट समाजसेवी सुकुल प्रधान, सक्रिय समाजसेवी राजु शङ्कर अनि अरू गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। सोसाइटीकी अध्यक्ष अनु शिल्पकारको उपस्थिति रहेको कार्यक्रममा राष्ट्रियस्तरका खेलाडी अनमोल शङ्कर, अन्तर्राष्ट्रियस्तरकी खेलाडी शालु मंग्राती, राष्ट्रियस्तरका खेलाडी रिवाङ लामालाई सम्बर्द्धना जनाइएको थियो। यसरी नै दिल्लीवासी 90 वर्षीय गोर्खा वृद्धा सोममाया बराइलीलाई पनि सम्मान जनाइएको थियो। यसै गरी मार्शल आर्ट खेलाडी आयन लेप्चालाई पनि सम्मान जनाइएको थियो। सम्मानितहरूलाई कर्णल सुकुल प्रधान, उत्तम कुमार छेत्री, राजु शङ्कर अनि अरूको बाहुलीबाट सम्मान अलङ्करण गरिएको थियो। क्रमशः सोसाइटीका कार्यक्रमहरू सफल पार्न सहयोग दिने राजु शङ्कर, मीरा ढुङ्गाना, गीता तामाङ गुरूङ, रञ्जु परियार अनि अरूलाई प्रशन्सा-पत्र प्रदान गरियो। कार्यक्रमको सञ्चालन सोसाइटीकी सचिव कविता गुरूङ राई अनि कार्यकारी सदस्य नोमी खातीले गरेका थिए।

स्मरण रहोस्, वर्ष 2015 मा स्थापित गोर्खा मदर्स वेलफेयर सोसाइटी नयाँ दिल्लीले गोर्खा जाति, समाज र देशकै निम्ति विभिन्न सीपमूलक र विकासका कार्यहरू गर्दै आइरहेको छ। यसका लागि सोसाइटीका सम्पूर्ण कार्यकर्ताहरूको योगदान महत्वपूर्ण रहेको छ। यसैक्रममा प्रतिभाशाली विद्यार्थीहरू, वयोवृद्धा महिला र अन्यलाई सम्मान जनाएको हो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ