Amit Shah Gorkha Issue
Amit Shah Gorkha Issue

बंगाल नटुक्राई गोर्खाको समस्या समाधान गर्छु भन्नु गोर्खाको गालामा गतिलो थप्पड

Share this news

केन्द्रीय गृहमंत्री अमित शाहले बंगाल विभाजन नगरी गोर्खाहरूको समस्यालाई समाधान गर्छु भन्नु गोर्खाहरूको गालामा गतिलो थप्पड भएको नर्बु छिरिङ भुटियाले बताएका छन्। केन्द्रीय गृहमंत्री अमित शाहले गोर्खाहरूको मांगलाई बंगाल विभाजन नगरी पूरा गर्छौ भन्नु भारतीय गोर्खाहरूको गालामा गतिलो थप्पड रहेको इण्डियन गोर्खा जन शक्ति फ्रण्टका केन्द्रीय कार्यकारिणी सदस्य नर्बु छिरिङ भुटियाले बताएका छन्।बंगाल विधानसभा चूनावको प्रचार प्रसारको कार्य आज 6 बजीदेखि समाप्त भएको छ।इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय कार्यलय पी कोठीमा पार्टी केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्व आईपीएस अधिकारी नर्बु छिरिङ भुटियाले इण्डियन गोर्खा जन शक्ति फ्रण्ट गठन हुनको मुख्य कारण अलग राज्य रहेको बताए। तिनले अझ भने इण्डियन गोर्खा जन शक्ति फ्रण्टले बंगाल विधानसभा चूनावमा पहिलो पटक अंश ग्रहण गर्न गरिरहेको छ। दार्जीलिङ पहाडको तीनवटा विधानसभा आसनहरूसंग संगै तराई आदि क्षेत्रको आसनहरूमा पनि पार्टी उम्मेद्वार उठाएको छ ।

केन्द्रीय गृहमंत्री अमित शाहले चूनावी प्रचार प्रसरको क्रममा बंगाल विभाजन नगरी गोर्खाको समस्या समाधान गर्ने कुरा गरेर हामी भारतीय गोर्खाहरू को गालामा गतिलो थप्पड हिर्काएका छन।पश्चिम बंगालमा भारतीय जनता पार्टीलाई प्रबेश गराउने दार्जीलिङ पहाडको गोर्खाहरू हो,त्यस समय बंगालमा भाजपाको एक जना विधायक समेत थिएन,गत 2009 मा दार्जीलिङले भाजपालाई सांसद दिएको हो।त्यस समय केन्द्रमा भाजपाको सरकार गठन हुन सकेन। 2014 को लोकसभा चूनावमा दार्जीलिङले भाजपालाई फेरि सांसद दिए अनि केन्द्रमा भाजपाको सरकार पनि गठन भएको हो।भाजपाले त्यस समय गोर्खाहरूको दीर्धकालिन समस्यालाई समाधान गर्ने वाचा गरेको थियो।हामी भारतीय गोर्खाहरूको नजरमा दीर्धकालिन मांग तथा समस्या भनेको नै अलग राज्य गोर्खाल्याण्ड हो तर भाजपाले त्यस समय पनि गोर्खाहरूसंग झूटो वाचा मात्र गरेको थिएछ भन्ने प्रमाणित भयो।गत 2017 को गोर्खा आन्दोलनपछि 2019 मा दार्जीलिङ लोकसभा सांसदबाट राजु विष्ट सांसद निर्वाचित भएका थिए अनि गत 2024 को लोकसभा चूनावमा पनि उनी दोस्रो पटक सांसद निर्वाचित भएका छन।

भारतीय जनता पार्टीले त्यस समय दार्जीलिङ पहाड तराई डुवर्स तथा गोर्खाहरूको समस्या लाई स्थायी राजनैतिक समाधान गरिने साथै गोर्खा समुदायको 11 जात गोष्ठीहरूलाई जन जातिमा समाबेश गर्ने लिखित वाचा गरेको थियो।गत 2019 को लोकसभा चूनावमा राजु विष्टले दार्जीलिङको चैरस्ताबाट महाकाल बाबाको कसम खान्दै गोर्खाल्याण्ड ल्याउने वाचा गरेको थियो।संसदीय सत्रहरू धेरै गरयो तर सांसद राजु विष्टले गोर्खाल्याण्ड ल्याएन।केन्द्रीय गृहमंत्री अमित शाहले बंगाल विभाजन नगरी गोर्खाहरूको समस्या तथा मांगलाई पूरा गरिनेछ भन्दैछ।विगतमा भाजपा नेता शुभेन्द्र अधिकारीले राज्यको तृणमूल काग्रेसको अखण्ड बंगालको प्रस्तावलाई समर्थन जनाएको थियो।यी सबै घटनाहरूले स्पष्ट हुदैछ भारतीय जनता पार्टीले यस पटक पनि गोर्खाहरूलाई ठूलो धोका दिएको छ,यो कुरा प्रत्येक गोर्खाहरूले आफ्नो छातीमा हात राखेर सोच्नु पर्छ,भाजपाले गोर्खाहरूको गालामा गतिलो थप्पड हान्ने काम गरेको छ।बंगाल विभाजन नगरी गोर्खाहरूको समस्यालाई समाधान गरिने केन्द्रीय गृहमंत्री अमित शाह को वाचालाई इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,को केन्द्रीय संयोजक अजय एडवाडर्सले चर्को स्वरमा विरोध जनाई सकेका छन।

विक्रमादि राई,भबेश साथै गत केही दिन अधि मात्र भाजपाको झण्डा समाएको सुरज दर्नालले पनि केन्द्रीय गृहमंत्री अमित शाहको कुरालाई विरोध जनाएका छन।केन्द्रीय गृहमंत्री अमित शाहको यस प्रकारको कुरालाई पहाड तराई डुवर्स साथै चारैतिरबाट विरोध जनाउने भुटियाँले आहवान गरेको छ।सुवास घिसिङले आफ्नो समयमा छैटौ अनुसुचि ल्याउने तयारी गरेको थियो त्यही मोडलमा जीटीआरको कुरा चल्दैछ। सुवास घिसिङले ल्याउन चाहेको कुरा आखिर ल्याउने थिएछ त फेरि सुवास घिसिङलाई पहाडबाट किन खेदनु,सुवास घिसिङको समर्थकहरूको घर किन तोडनु?भन्दै भुटियाले प्रश्न तेर्साए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ