Tamang’s mortal remains will be kept at the Chowrasta for the public to pay their last respects.
Tamang’s mortal remains will be kept at the Chowrasta for the public to pay their last respects.

जनताको लागि तामाङको पार्थिव शरीर चौरास्तामा राखिने

Share this news

वर्ष 2007 का इन्डियन आइडल प्रशान्त तामाङको पार्थिव शरीर आज बागडोगरा हवाइ अड्डा ल्याइपुराइएको थियो। जहाँ सम्पूर्ण पहाडका शोकित गोर्खाहरू उपस्थित थिए। जसमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। यसक्रममा प्रशान्त तामाङको निधनले भारतीय गोर्खा समाजको सङ्गीत क्षेत्रलाई कहिले पूर्ण नहुने क्षति भएको बताए। त्यसअघि भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता अनि दार्जीलिङ लोकसभाका सांसद राजु विष्टले प्रशान्त तामाङलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। यसक्रममा प्रशान्त तामाङको निधनले विष्टले प्रशान्त तामाङको निधन हुनु अति नै दुःखद रहेको बताए। यसरी नै गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना संस्कृति विभागका सभासद अनोश थापा, निर्देशक भानु कान्त घिसिङले उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। क्रमशः दार्जीलिङ विधानसभा क्षेत्रका गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका विधायक नीरज जिम्बाले प्रशान्त तामाङलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनले गोर्खा समाजलाई ठूलो क्षति भएको बताए भने तामाङको परिवारप्रति समवेदना प्रकट गरेका थिए। यसरी नै चर्चित कार्निभल सङ्गीत संस्थानका प्रमुख एवं सङ्गीतकार चन्दन लोम्जेल पनि बागडोगरा हवाइ अड्डामा उपस्थित रही

Tamang’s mortal remains will be kept at the Chowrasta for the public to pay their last respects.

प्रशान्त तामाङलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। नागाल्यान्ड गोर्खा समाजको मगरको एउटा टोलीले पनि प्रशान्त तामाङलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। यता भारतीय जनता पार्टीको सिलगढीका नेता हेमन्त गौतमले पनि तामाङलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। यसै गरी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आगामी विधानसभाका उम्मेद्वार बिजय राईले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रशान्त तामाङको पार्थिव शरीर आज बागडोगरा हवाइ अड्डाबाट दार्जीलिङको लागि प्रस्थान गराइसकिएको छ। उऩको पार्थिव शरीरलाई तेञ्जीङ्ग नोर्गे सडक भएर दार्दीलिङ पुराइनेछ। बाटोभरी उनलाई श्रद्धाञ्जली अर्पण गरिँदै दार्जीलिङको चौरास्तामा राखिने छ। जहाँ उनलाई सबैले श्रद्धाञ्जली अर्पण गर्न सक्नेछन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ