तकदाह बजारमा पुलिसद्वारा सडक सुरक्षा जागरुक कार्यक्रम

Share this news

दार्जीलिङ, 3 जुलाई(निसं): बडदो सडक दुर्घटनासंगै सडक सुरक्षालाई ध्यानमा राख्दै सचेतनाको माध्यमबाट सडक दुर्घटना कम गर्ने प्रमुख उदेश्यको साथमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशन तथा राज्य पुलिस विभागको आयोजनामा 1  जुलाईदेखि आगामी 7  जुलाईसम्म साप्ताहव्यापी सडक सुरक्षा सप्ताह कार्यक्रम राज्यभरी शुरु गरिएको छ। यसै क्रममा मंगलबार रंगली-रंगलीयट खण्ड ट्राफिक अधिकारी पेम्बा लामाको नेतृत्वमा तकदाह बजारमा सडक सुरक्षा सचेतना कार्यक्रमको साथमा  सडक सुरक्षा साप्ताह एक र्‍यालीको साथ कार्यक्रम आरम्भ गर्‍यो। कार्यक्रममा स्थानीय थाना अधिनस्तका विभिन्न प्रशाननीक अधिकारीसगै सिविभ भोलिन्टियर-हरु लगायत वरिपरिका विभिन्न विधालयका शिक्षक शिक्षिकासगै विद्यार्थीहरुको साथमा सर्वसाधारणको विशेषरूपमा उपस्थित थियो भने तकदाह बजार वरिपरि सचेतना जगाउदै र्‍यालीको समेत आयोजना गरियो भनी सुत्रले जानकारी गराएको छ। जानकारी अनुसार, यसका साथमा बडदो सडक दुर्घटना तथा सडक सुरक्षाबारेमा विद्यार्थी लगायत स्थानीयवासीहरुको कम जागरुकताप्रती चिन्ता व्यक्त गरियो। मुख्य उदेश्य खण्डभरिका युवाहरूलाई सडक सुरक्षाबारेमा जागरुक बनाउदै सडक दुर्घटनालाई कम्ती गराउनु हो खण्ड ट्राफिक अधिकारी पेम्बा लामाले बताए भने आफ्नो प्रमुख लक्ष्य उमेर नपुगेकाहरु सगै बिना हेल्मेट दुई चक्के वाहनहरुको कुदाउनेहरुलाई जागरुकको माध्यमबाट कम गराउने रहेको उनले बताए। जसमा क्षेत्रभरका प्रायजसो विद्यालयहरुमा जागरुक बनाइसकेकोले अस्सी प्रतिशत कम भएको तथा चाडै सतप्रतिशत बनाउने आफुहरुले लक्ष्य राखेको लामाले थप बताए। यसका साथै सम्पुर्ण अभिभावकहरुलाई उमेर नपुगेकाहरुमा दुई चक्के वाहनहरु कुदाउन नदिने अनुरोध समेत उनले गरे भने साताभर विभिन्न कार्यक्रमको साथमा यो कार्यक्रम गरिने, उनले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ