सड़कमा खेल्न बाध्य फुलबरी होप टाउनका युवाहरू

Authored By: Kiran

Share this news

अहिले सारा विश्व नै विश्वकप फूटबलको उत्साह र रोमाञ्चले भरिएको छ। बाल बालिकादेखि वृद्धसम्म सबै विश्वकप फूटबलप्रति आकर्षित भएका छन्‌‍। यस्तो अवस्थामा फूटबलप्रेमीका लागि परिचित दार्जीलिङ पहाड़ यस खेलको आकर्षणबाट कसरी अछुतो रहनसक्छ र विश्व फूटबलका अनेकौँ चर्चित तथा दिग्गज खेलाड़ीहरूले पनि आफ्नो खेलयात्रा गाउँघरका सामान्य मैदानबाट नै प्रारम्भ गरेका थिए। वास्तवमा जीवनका ठूला यात्राहरू घरको आँगन र गाउँका खेलमैदानबाटै शुरु हुन्छन्‌‍। दार्जीलिङ पहाड़ले पनि विगतमा थुप्रै प्रतिभाशाली फूटबल खेलाड़ी जन्माएको गौरवशाली इतिहास बोकेको छ। त्यसबेला खुला जमिन प्रशस्त थियो, खेलमैदानहरू फराकिला थिए र बालबालिका तथा युवाहरूले स्वतन्त्र रूपमा खेल्ने अवसर पाउँथे। तर आज ती दृश्यहरू क्रमशः हराउँदै गएका छन्‌‍।

बढ्दो शहरीकरणका कारण शहर मात्र होइन, गाउँ-बस्तीसमेत साँघुरिँदै गएका छन्‌‍। भएका खेलमैदानहरू पनि संरक्षण र व्यवस्थापनको अभावमा प्रयोगयोग्य अवस्थामा छैनन्‌‍। यही यथार्थको उदाहरण हो, सोनादा बजारभन्दा तल अवस्थित फूलबारी होपटाउन क्षेत्र। यहाँका स्थानीय युवाहरू लामो समयदेखि व्यवस्थित खेलमैदानको अभाव झेलिरहेका छन्‌‍। फलस्वरूप उनीहरू फूटबल, क्रिकेट लगायत विभिन्न खेलहरू सड़कमै खेल्न बाध्य छन्‌‍। सवारीसाधन आवतजावत गर्ने सड़कलाई नै खेलमैदान बनाउनु उनीहरूको रहर होइन, बाध्यता हो। यस्तो अवस्था खेलाड़ीहरूको सुरक्षाका दृष्टिले मात्र होइन, समग्र समाजका लागि पनि चिन्ताको विषय बनेको छ।यस समस्याको समाधानका लागि स्थानीय बासिन्दा, खेलकुदसँग सम्बन्धित संघसंस्था तथा खेल प्रेमीहरूले पटक पटक स्थानीय जनप्रतिनिधि, जीटीए तथा सम्बन्धित सरकारी विभागसमक्ष मौखिक र लिखित रूपमा ध्यानाकर्षण गराइसकेका छन्‌‍। तर अहिलेसम्म कुनै ठोस पहल नभएको भन्दै स्थानीयहरू गुनासो गर्छन्‌‍। युवाहरूको सशक्तिकरण, खेलकुदको विकास र स्वस्थ समाज निर्माणका विषयमा भाषण र प्रतिबद्धता त धेरै सुनिन्छन्‌‍, तर व्यवहारमा त्यसको अनुभूति हुननसकेको उनीहरूको भनाइ छ।

उनीहरूका अनुसार, “सुनेर पनि नसुन्ने र देखेर पनि नदेख्नेहरूको अगाडि गीत गाएर नाचेझैँ” भएको अवस्था छ। दार्जीलिङ पहाड़को साहित्य, कला, संस्कृति र खेलकुदको क्षेत्रमा चियाबगान तथा गाउँ-बस्तीका युवाहरूको योगदान उल्लेखनीय छ। आज पनि यी क्षेत्रका लगभग 80 प्रतिशत प्रतिभाहरू त्यहीँबाट उदाइरहेका छन्‌‍। तर विडम्बना, यिनै प्रतिभाहरू सरकार, प्रशासन, जनप्रतिनिधि र सम्बन्धित निकायहरूको प्राथमिकताबाट निरन्तर ओझेलमा परिरहेका छन्‌‍।आज प्रतिभालाई चिन्ने दृष्टि र उनीहरूको आवाज सुन्ने संवेदनशील कान दुर्लभ बन्दै गएका छन्‌‍। चुनावको समयमा मात्र जनता र युवाहरू नेताहरूका लागि नजिक देखिन्छन्‌‍, तर चुनाव सकिएपछि उनीहरूका समस्या फेरि ओझेलमा पर्छन्‌‍। त्यसैले अब सम्बन्धित निकायहरूले केवल आश्वासन होइन, फूलबारी होपटाउनलगायत खेलमैदानविहीन क्षेत्रका युवाहरूका लागि यथाशीघ्र व्यवस्थित खेलमैदान निर्माण गरी उनीहरूको भविष्यप्रति जिम्मेवार बन्नु समयको माग हो।

Share this news
आजको रोजाइ
सिटोङमा राष्ट्रिय स्वयंसेवक संघको तीनदिने प्रारम्भिक प्रशिक्षण वर्ग सम्पन्न

सिटोङमा राष्ट्रिय स्वयंसेवक संघको तीनदिने प्रारम्भिक प्रशिक्षण वर्ग सम्पन्न

मिनर्भा एकेडेमीले गोथिया कप जित्दै इतिहास रच्यो, युरोपियन डबल पूरा

मिनर्भा एकेडेमीले गोथिया कप जित्दै इतिहास रच्यो, युरोपियन डबल पूरा

सोनम वाङचुकको आह्वान: ‘जुलाई २० को संसद मार्च भारतको दोस्रो स्वतन्त्रता आन्दोलन’

सोनम वाङचुकको आह्वान: ‘जुलाई २० को संसद मार्च भारतको दोस्रो स्वतन्त्रता आन्दोलन’

सोनम वाङचुकको अस्पताल स्थानान्तरण ‘मनमानी होइन’ भन्ने दिल्ली उच्च अदालतको फैसला

सोनम वाङचुकको अस्पताल स्थानान्तरण ‘मनमानी होइन’ भन्ने दिल्ली उच्च अदालतको फैसला

सामसुङद्वारा अमेरिकी रोजगारी कटौती र मुख्यालय टेक्सास सार्ने तयारी, कर्मचारीलाई स्थानान्तरणको प्रस्ताव

सामसुङद्वारा अमेरिकी रोजगारी कटौती र मुख्यालय टेक्सास सार्ने तयारी, कर्मचारीलाई स्थानान्तरणको प्रस्ताव

जम्मू-कश्मीरमा बाढी र पहिरोको वितण्डा: पुञ्च र राजौरीमा ११ जनाको मृत्यु, ७ बेपत्ता

जम्मू-कश्मीरमा बाढी र पहिरोको वितण्डा: पुञ्च र राजौरीमा ११ जनाको मृत्यु, ७ बेपत्ता

उच्च शिक्षाका लागि तमिलनाडु सरकारको ठूलो निर्णय, विद्यार्थीहरूलाई ७.५ लाखसम्म बिना धितो शिक्षा ऋण

उच्च शिक्षाका लागि तमिलनाडु सरकारको ठूलो निर्णय, विद्यार्थीहरूलाई ७.५ लाखसम्म बिना धितो शिक्षा ऋण

आमतला कार्यालयमा बुलडोजर चलाइएको विरुद्ध अभिषेक बनर्जीको उच्च अदालतमा अपील, आजै सुनुवाइ हुँदै

आमतला कार्यालयमा बुलडोजर चलाइएको विरुद्ध अभिषेक बनर्जीको उच्च अदालतमा अपील, आजै सुनुवाइ हुँदै

इरानको हिट लिस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प: तेहरानमा राखियो शवसहितको विशाल बिलबोर्ड

इरानको हिट लिस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प: तेहरानमा राखियो शवसहितको विशाल बिलबोर्ड

आमिर खानलाई लरेन्स बिश्नोई ग्याङबाट ज्यान मार्ने धम्की: ‘लभ जिहाद’ को आरोप र विवाहको विवाद

आमिर खानलाई लरेन्स बिश्नोई ग्याङबाट ज्यान मार्ने धम्की: ‘लभ जिहाद’ को आरोप र विवाहको विवाद

आजको रोजाइ