फोसेप-द्वारा बिरुवा रोपण अनि बिरुवाहरुलाई मलजल लगाइयो

Share this news

दार्जीलिङ,16 जुलाई (निस): यस वर्ष-2025 को विरुवा रोप्ने कार्यक्रम फोसेप संस्थाले मंगलबारको दिन समापन गर्‍यो। गत 5 जूनदेखि विभित्र स्थानहरूमा स्थानिय मानिसहरूलाई लिएर बिरुवा रोप्ने कार्यक्रम  गत वर्षहरूमा रोपिएका पौधाहरूलाई देखरेख गर्ने साथै मलजल थप्ने र झारहरू गोड्ने कार्यक्रम अन्तमा  समापन गरियो भनी फोसेप सचिव भरत प्रकाश राईले बताए। उनले अझ बताए अनुसार, यसपालि लगभग अढाई सय गुराँस चिमल, सिल्भरफर, पैयू , लाप्चे काउलो,घुरबिस उत्तिसका बिरूवारहरू विभित्र ठाउँहरूमा रोपियो। दार्जीलिङ सचेतना तथा डीएचआर-को लिकको बाटोको छेउछाउमा सुदरीकरणको निम्ति बगनभेलिया, लालुपातेका पौधाहरू रोज्नेकार्य गरियो। गत वर्ष पगला झोडादेखि राङटाङ सम्म यो पौधाहरू रोपेका थियौं। जसमा केही पौधाहरू राङटाङ सम्म पौधाहरू रोपेका थियों ,जसमा केही पौंधाहरू उखेलेर लगेको घास काट्‌नेहरूले निमर्म प्रकारले फोडेर नष्ट गरेको देख्दा फोसेप-ले दुख प्रकट गरेको छ। हुनत यस्तो कार्यक्रम गर्दा स्थानीय मानिसहरूलाई सम्झाउने बुझाउने काम गरियो, तर पनि राक्षसी प्रवृ‌त्तिका मानिसहरूले यस्तो अनिष्ट कामहरू गर्छन्। राईले बताए, अहिले घडी नाला-झोड़ा नजिक घैयाबारी पैहो जो विशाल अंगालेको छ, फोसेपले सात वर्ष अघिदेखि यस पैहो क्षेत्रलाई दह्रो बनाउन पैहो रोक्न विभिन्न थरिका (रैथाने) रूखहरूको विरुवा रोपिएको थियो, तर यस्तो ढुंगा र बालुवाको भिर पाखामा ती बिरुवारहूर बाच्न सकेन। फोसेपले एक नयाँ उपायले ती पैहोग्रस्त क्षेत्रमा उत्तीसकी बिजन छरेको थियो, अकों वर्ष त्यहाँ लटरम्मै उत्तीस पलायो। ती वर्ष लगातार जुलाई महिनामा उत्तीसको बिजन छर्नाले अहिले त्यहाँ हरियोली जंगलको सृष्टि भएको छ। बाटोमाथि निकै राम्रो हरियाली जंगल देखा परेको छ,सडक मुनि पनि निकै संख्यामा रुखका बोटहरू पलायो। पैहो गएको ठाउँमा अन्य कुनै पौधाहरू स्थापित हुनन सक्दैन, ‌केवल उत्तीसको हुन्छ । अब त्यहाँ उत्तीसको जंगलले माटो ढुंगा बाँध्नेकाम हुन्छ भूमि मलिलो बनाउन्छ, शितलमा छाउछ त्यो स्थान शुष्क हुदैन त्यसर्थ अन्य पौधाहरूका बिजनहरु हावाले उड़ाएर त्याउँदा ती बिज्नहरू उम्रन्छ र त्यहाँ थप जंगलको सृजना हुन जान्छ। फोसेपले आउँदो सेप्टम्बर महिनामा ती रोपिएका विरुवाहरूको अवस्था बुझ्न परिभ्रमण गर्नेछ । उनले अझ भने, पोहोर रोपिएका बिरुवाहरूमा मल लगाउने काम गरियो। पोहोर रोपिएका बिरुवाहरूमा मल लगाउने काम गरियो। यसपालि बाँसको सिटा बनाएर बिरुवाहरूलाई सुरक्षित राख्ने कोशिश गरेका छौं। फोसेपको सक्रियतामा  समर्पित सदस्य सदस्यारह‌रूमा भरत प्रकाश राई, सचिव अरुण, राजेंद्र राई, प्रोजेक्ट म्यानेजर पदमा, उपाध्यक्ष दोर्जे लामा, कोषाध्यक्ष , एएनएम, मिङमा शेर्पा एकाउण्टेस्ट, रेसभ छेत्री, एमई, साङ्गे लामा, ओआर डब्लू निलम सार्की, डिआईसी उपस्थित थिए ।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ