पीएफ अधिकारीद्वारा लङभ्यू चिया बगान कार्यालय सिलबन्दी

Share this news

लङभ्यू चिया बगानका मालिक गोविन्द गर्गले श्रमिकहरूको करोडौँ रुपैयाँ पीएफ रकम जम्मा नगरेको आरोप लामो समयदेखि लाग्दै आएको थियो। तर आजसम्म सम्बन्धित निकायबाट प्रभावकारी कारबाही भएको थिएन। हिल प्लान्टेसन इम्प्लोइज युनियनको नेतृत्वमा लङभ्यू चिया बगानका श्रमिकहरूले विगत केही वर्षदेखि विभिन्न चरणमा आन्दोलन गर्दै आफूहरूको पीएफ, ग्र्याचुटी तथा अन्य बक्यौता रकम भुक्तानीको माग गर्दै आएका थिए। तर मालिकको मनपरी र सम्बन्धित विभागको ढिलासुस्तीका कारण श्रमिकहरूको माग लामो समयसम्म सम्बोधन हुन सकेको थिएन। राज्य सरकार परिवर्तन हुनुअघि, गत अप्रिल महिनादेखि श्रमिकहरूले पुनः आन्दोलन सुरु गरेका थिए। हाल पनि श्रमिकहरूको ७२ घण्टे आन्दोलन जारी छ। यसै क्रममा आन्दोलनकारीहरूको एक टोलीले सम्बन्धित विभागहरूमा निरन्तर धाएर मालिक गोविन्द गर्गविरुद्ध कडा कानुनी कारबाहीको माग गर्दै आएको थियो। यसैको परिणामस्वरूप बुधबार क्षेत्रीय पीएफ कार्यालयबाट आएको निरीक्षण टोलीले लङभ्यू चिया बगानको कार्यालय, व्यवस्थापक कार्यालय (म्यानेजर अफिस) तथा बङ्गलामा छानबिन गरेको छ। टोलीले सम्बन्धित सम्पत्तिमा कुडकी प्रक्रिया अघि बढाउँदै कार्यालय, व्यवस्थापक कार्यालय र बङ्गलामा सार्वजनिक रूपमा सूचना टाँसेर सिलबन्दी गरेको छ। यता आन्दोलनरत श्रमिकहरूले मालिक गोविन्द गर्गका अन्य सम्पत्तिहरू पनि कुडकी गरी आफूहरूको पीएफ, ग्र्याचुटी तथा अन्य बक्यौता रकम यथाशीघ्र भुक्तानी गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

Share this news
आजको रोजाइ
विपरीत दिशामा गाडी चलाउनेहरूलाई दुइ गुणा जरिमाना लगाइनेछ

विपरीत दिशामा गाडी चलाउनेहरूलाई दुइ गुणा जरिमाना लगाइनेछ

आतंकवादी हमला गर्ने योजना बनाइरहेका चार अभियुक्तहरू परे पक्राउ

आतंकवादी हमला गर्ने योजना बनाइरहेका चार अभियुक्तहरू परे पक्राउ

मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेद्वारा ग्वाला दिवसको शुभकामना व्यक्त

मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेद्वारा ग्वाला दिवसको शुभकामना व्यक्त

पीएफ अधिकारीद्वारा लङभ्यू चिया बगान कार्यालय सिलबन्दी

पीएफ अधिकारीद्वारा लङभ्यू चिया बगान कार्यालय सिलबन्दी

आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न निर्देशन

आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न निर्देशन

गेजिङ जिल्ला किकबक्सिङ संघले मनायो राष्ट्रिय किकबक्सिङ दिवस 

गेजिङ जिल्ला किकबक्सिङ संघले मनायो राष्ट्रिय किकबक्सिङ दिवस 

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाको शपथ

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाको शपथ

माटोबाट सिर्जना र आत्मनिर्भरताको यात्रामा अनुपा राई

माटोबाट सिर्जना र आत्मनिर्भरताको यात्रामा अनुपा राई

सडकको पोखरीमा चालकहरूले धान रोप्दै हाँसलाई पौडी खेलाए

सडकको पोखरीमा चालकहरूले धान रोप्दै हाँसलाई पौडी खेलाए

भारतीय नेपाली साहित्यका निर्माता हरिभक्त कटुवाल र प्रतिष्ठान 

भारतीय नेपाली साहित्यका निर्माता हरिभक्त कटुवाल र प्रतिष्ठान 

आजको रोजाइ