पीसी अग्रवालद्वारा लिखित पुस्तक आईलभ खरसाङ लोकार्पण

Share this news

खरसाङ (हनोक): खरसाङका वरिष्ठ व्यक्तित्व, खरसाङ नगरपालिकाका पूर्व चेयरम्यान तथा समाजसेवी पीसी अग्रवालद्वारा लिखित पुस्तक आई लभ खरसाङ को आज खरसाङमा लोकार्पण गरिएको छ।शिक्षिका गोमा सुब्बाद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत भाषण पीसी अग्रवालका सुपुत्र अश्विन अग्रवालले राखेका थिए। कार्यक्रममा पीसी अग्रवालद्वारा लिखित पुस्तक आई लभ खरसाङ लाई जीटीए प्रमुख कार्यपाल अनित थापा, पद्मश्री प्रापक डा. एकलव्य शर्मा, पूर्व सांसद शान्ता छेत्री, पूर्व विधायकद्वय डा. रोहित शर्मा र एनबी छेत्री, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, मकैबारी चियाबारीका पूर्व मालिक राजा ब्यानर्जी, सभासदद्वय श्याम शेर्पा र नवराज छेत्री, साथै गुम्बाका ख्याम्बो आदिको बाहुलीबाट विधिवत रूपमा लोकार्पण गरिएको थियो।

यस अवसरमा लेखक पीसी अग्रवाल पनि उपस्थित रहेका थिए। कार्यक्रममा आई लभ खरसाङ पुस्तकको विधिवत लोकार्पण गरिएको घोषणा अति विशिष्ट अतिथिको रूपमा उपस्थित जीटीए प्रमुख अनित थापाले गरेका थिए।कार्यक्रममा पीसी अग्रवालको जीवनी परिचय खरसाङका वरिष्ठ साहित्यकार जीबी बलले प्रस्तुत गरेका थिए। पीसी अग्रवालको जन्म २० मार्च १९३५ मा भएको हो। उनले आफ्नो ९१औँ जन्मदिनको अवसरमा आफ्नो पुस्तक लोकार्पण गरेका हुन्।

कार्यक्रममा जीटीए प्रमुख अनित थापाले आफ्नो सम्बोधनमा पीसी अग्रवालप्रति सम्मान व्यक्त गर्दै उनको पुस्तक लोकार्पण कार्यक्रममा उपस्थित हुन पाएकोमा आफूलाई भाग्यमानी ठाने। उनले पीसी अग्रवालले खरसाङका लागि दिएको योगदानको प्रशंसा गर्दै उक्त पुस्तक खरसाङवासीका लागि इतिहासको रूपमा रहेको बताए, जसलाई लेखकले खरसाङवासीलाई समर्पण गरेका छन्।कार्यक्रममा लेखक पीसी अग्रवालले उपस्थित सबैप्रति आभार प्रकट गरेका थिए। यसैगरी कार्यक्रममा डा. एकलव्य शर्मा, शान्ता छेत्री, ब्रिगेन गुरुङ लगायत अन्य वक्ताहरूले पनि आफ्ना मन्तव्य राखेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ