दुई सवारीसाधनमाथि पेन्ट रिमुभर आक्रमण

Share this news

क्षेत्रमा बैठक, दोषी पक्राउको माग

३३ नम्बर समष्टि, पुर्बुङ बस्तीमा गत बुधबार राति पुर्बुङ बस्तीमा दुई स्थानीय नागरिकहरूको सवारीसाधनमाथि अज्ञात व्यक्तिहरूद्वारा भएको आक्रमणपछि घटनाले क्षेत्रमा सनसनी मच्चिन पुगेको छ। स्थानीय नरबट राणा र प्रशान्त तामाङको निजी गाडीहरूमा कुतत्वहरूले पेन्ट रिमुभर छ्यापेर सवारीसाधनलाई क्षति पुर्‍याएका छन्।

 

घटनापछि क्षेत्रवासीहरूले आपत्ति जनाउँदै सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्। घटनाको विवरण अनुसार, रातिको समयमा केही अज्ञात व्यक्ति आएको र राणा तथा तामाङको पार्किङमा रहेको गाडीमा पेन्ट रिमुभर फालेर भागेको जनाइएको छ। यसले गाडीको रंग र बडिमामा क्षति पुर्‍याएको छ।

 

स्थानीयहरूका अनुसार, यो कुनै व्यक्तिगत रिसइवी वा नियोजित दुष्कर्म हुन सक्ने सम्भावना छ। यसअघि पनि सोही क्षेत्रमा चोरी र अव्यवस्थित गतिविधिहरू भएका थिए। यो पछिल्लो घटनाले स्थानीयको चिन्ता थप बढाएको छ।

 

यस घटनापछि शुक्रबार पुर्बुङको एसएसके भवनमा आपतकालीन बैठक डाकिएको थियो। बैठकमा पञ्चायत सदस्य ओङदेन लेप्चा, पीड़ित नरबट राणा, प्रशान्त तामाङ, चालक संगठनका सदस्यहरू तथा बस्तीका धेरै बासिन्दाहरूको सहभागिता रहेको थियो।

 

बैठकमा दोषीलाई चाँडै पत्ता लगाई कानूनी कारबाही गर्न दबाब दिने निर्णय गरिएको छ। मास पिटिसन संकलन गरि निकट पुलिस चौकीमा बुझाउने र नियमित गस्ती लगाइदिन समेत माग गरिएको छ।

 

पत्रकारहरूसँग कुरा गर्दै नरबट राणाले भने, “मात्र मेरो गाडीमा यस्तो भएको होइन, यो घटना अरू कसैसँग पनि हुन सक्छ। हामी सबै मिलेर यस्ता कुकृत्यलाई जरा सम्म नष्ट गर्नुपर्छ। उक्त विषयमा कालेबुङ थानामा एफआइआर दर्ता गरेको जनाउँदै भने, म प्रहरी प्रशासनसँग यस्ता कुतत्वहरूलाई तुरुन्त पक्राउ गरी कडा सजाय दिन अनुरोध गर्दछु।”

 

पञ्चायत सदस्य ओङदेन लेप्चाले बैठकको निष्कर्ष सुनाउँदै बस्तीका सबै नागरिकलाई सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त खबर गर्न आग्रह गरे। उनले भने, “अब हामीले सजगता र एकताका साथ काम गर्नु पर्छ। अपराधी जो भए पनि उन्मुक्ति पाउनु हुँदैन।”

 

घटनाको अनुसन्धान स्थानीय पुलिसद्वारा शुरू गरिएको छ। प्रारम्भिक विवरण संकलन भइसकेको र दोषी पहिचानको प्रयास भइरहेको जनाएको छ।


Share this news
आजको रोजाइ
खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

????????????

गाई पालकहरूको संख्या घट्ने क्रम जारी

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

आजको रोजाइ