वन्-वेको नियम राति पनि लागु हुन आवश्यक

Share this news

खरसाङ, 5 जुलाई (निसं)ः खरसाङ बजारको अस्पताल मोड़बाट रातिको समयमा वाहनहरू वान-वेको नियमलाई तोड़ेर राष्ट्रिय राजमार्गबाट बजार तर्फ चल्ने गरेकोले समस्या भइरहेको कतिपय जनसाधरणले गुनासो गरेका छन्। दिनभर अस्पताल मोड़मा ट्राफिक पुलिस अनि सिभिक भोलिन्टियरहरू ड्युटीमा तैनात रहने गर्छ। यी ट्राफिक पुलिस अनि सिभिक भोलिन्टियरहरूले यहाँबाट वर्द्धवान रोड भएर वन-वेको नियम अनुसार वाहनहरू पठाउने गर्छन्। रातिको समयमा ड्युटी सकिएपछि ट्राफिक पुलिस अनि सिभिक भोलिन्टियरहरू अस्पताल मोड़मा बस्दैनन्। यहाँ ट्राफिक पुलिस अनि सिभिक भोलिन्टिरहरू नरहेको लाभ उठाउदै कतिपय चालक, मोटर बाईक र स्कुटी सवारहरू वन-वेको नियमलाई उल्लंघन गर्दै राष्ट्रिय राजमार्ग भएर बजार तर्फ पस्ने गरेका गुनासो छ। यसरी वन-वेको नियमलाई उल्लंघन गरेर बजार तर्फ पस्नेहरूमा कतिपय बाहिरबाट आएका अनभिज्ञ चालकहरू पनि पाइने गरेको र कतिपय खरसाङ, दार्जीलिङ, सिलगढ़ीका नियमित चल्ने गाड़ीहरू र दुई चक्के वाहनहरू रहेको पनि मानिसहरूले बताएका छन्। यसरी वन-वेको नियमलाई उल्लंघन गर्दै बजार तर्फ वाहन चल्दा कुनै समय सिलगढ़ीबाट आइरहेको ट्रकसित जम्का भेट भएर जामको स्थिति सृजना भएको, कुनै समय दुर्घटनाको सम्भावना बनेको मानिसहरूले बताएका छन्। रातिको समयमा वन्-वेको उल्लंघन गर्दै आएका गाड़ी अनि मोटर बाईकको कारण विगतको समयमा दुर्घटना घटिसकेको पनि मानिसहरूले बताएका छन्। स्मरण गराइन्छ, यसरी रातिको समयमा वन्-वेको उल्लंघन गर्दै गाड़ी, मोटर बाईक, स्कुटी राष्ट्रिय राजमार्ग भएर बजार तर्फ पस्दा विगतको समयमा दुर्घटना घटिसकेको छ। वन्-वेको उल्लंघन गर्दै राष्ट्रिय राजमार्ग भएर बजार तर्फ गाड़ी चलाइँदा ठूलो झ्याउला पनि भइसकेको छ। राति अस्पताल मोड़मा ड्युटी सकिएपछि ट्राफिक पुलिस अथवा सिभिक भोलिन्टियरहरू नबस्ने भएकाले यस प्रकारको क्रियाकलाप चालक र दुई चक्के सवारहरूबाट भइरहेको पाइएको छ। वर्तमानमा राति 9 बजेसम्म राष्ट्रिय राजमार्गमा यान-वाहनको चलाचल नियमित रहने भएकोले राति 9 बजेसम्मको वन्-वेको नियमलाई यथावत राख्नु पर्ने खरसाङका केही मानिसहरूको माग रहेको छ। यस बारेमा कुनै निवेदन सम्बन्धित निकायहरूमा पेश गरिएको छ भनी प्रश्‍न गर्दा आफूहरूले यस विषयमा कुनै लिखित गुनासो पेश नगरेको बताउदै यसको निम्ति संघ-संस्थाहरू अघि आउन पर्ने तिनीहरूले बताएका छन्। यहाँ खटिएको ट्राफिक पुलिसहरूलाई यस बारेमा प्रश्‍न गर्दा ड्युटी राति 8 बजेसम्म रहने गरेको र ड्युटी सकिएपछि आफूहरू यहाँबाट जाने गरेको बताउदै रातिको समयमा चालकहरूले समझदारी अपनाउदै वर्द्धवान रोड भएर जानु पर्ने हो, भने।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ