राजमार्ग 10 को अवस्थाले गर्दा राजमार्ग 110 मा वाहनको यातायातमा वृद्धि टुरिष्ट लज बाईपास मार्गको यथाशीघ्र मरम्मतको निम्ति पत्रचार

Share this news

खरसाङ, (मोहन प्रसाद): राष्ट्रिय राजमार्ग 10 को वर्तमानको अवस्थाको कारणले गर्दा राजमार्ग 110 मा वाहनहरूको यातायातमा वृद्धि भएको छ। अर्कोतर्फ भारी वर्षाको चपेटमा परेर खरसाङ टुरिष्ट लज मुनि कप्तान सुरज शर्मा पथ (बाईपास रोड) को एउटा वृहत भाग लगतार वर्षाको कारण प्रभावित भएर ध्वस्त भएकोले सिलगढ़ी तर्फ राष्ट्रिय राजमार्ग 110 अथवा रोहिणी रोडबाटै जान पर्ने भएकोले राष्ट्रिय राजमार्गमा यातायातको चाँप अझ बढ़ेकरो छ। खरसाङ ट्राफिक पुलिसद्वारा यथाशीघ्र यो रोड मरम्मतको अपेक्षा राख्दै, खरसाङ महकुमा अधिकारी साथै खरसाङ इञ्जिनियरिङ विभागका अधिकारीहरूलाई पत्रचार गरिएको छ। यस विषयमा थप जानकारी गराउँदै, खरसाङ ट्राफिक पुलिस अधिकारी वीरेन्द्र छेत्रीले जनाए अनुसार, भारी वर्षाको अवधि शुक्रवार टुरिष्ट लज मुनि कप्तान सुरज शर्मा पथ (बाईपास रोड) मा जुन प्रकारले एउटा ठूलो भाग ध्वस्त भएको छ, यस विषयलाई गम्भीरता पूर्वक लिँदै ट्राफिक पुलिसद्वारा यथाशीघ्र मरम्मतको निम्ति खरसाङ महकुमा अधिकारी साथै खरसाङ इञ्जिनियरिङ विभागका अधिकारीलाई पनि पत्रचार गरिएको छ। खरसाङ बजार अनि राष्ट्रिय राजमार्गमा यातायात व्यावस्था सुचारु राख्न उक्त मार्गको एउटा प्रमुख भूमिका रहेको छ। बर्खाको भलले उक्त मार्ग क्षति भएपछि कुनै प्रकार जोखिम नउठाइ उक्त मार्गमा वाहनको यातायातमा प्रतिबन्ध लगाइएको छ। खहरे, सिङ्गेल, सन्त मेरिज आदि क्षेत्रका वाहनहरू उक्त मार्ग भएर चल्ने गर्थे। ती सिण्डीकेटका वाहनहरूलाई केही फेर बदल गर्दै, अब ती वाहनहरूलाई मोटर स्ट्याण्ड हुँदै पीबी रोड, बाईपास भएर मन्टिभिएट रोडस्थित आ-आफ्नो निर्धारित स्थानमा पठाइने छ। यस्तो परिस्थितिमा पीबी रोडमा कुनै प्रकारको ट्राफिक जाम नहोस्‌‍ भनी पीबी रोडमा कुद्ने वाहनहरूलाई रोहिणी मार्ग भएर वाहन कुदाउने प्रयास रहेको छ। छेत्रीले यो पनि जनाए कि टुरिष्ट लजको बाइपास मार्गले खरसाङ शहरमा ट्राफिक जामको समस्या नहुनुमा लगभग 25 देखि 30 प्रतिशत सहयोग गर्ने गर्थ्यो तर हिज शुक्रवारदेखि उक्त मार्ग बन्द रहेकोले ट्राफिक व्यावस्था सुचारु राख्न ट्राफिक पुलिसले धेरै कसरत गर्नु परिरहेको छ। त्यति मात्र होइन, वर्तमानमा राष्ट्रिय राजमार्ग 10 मा बारम्बार पहिरोले गर्दा जुन परिस्थितिको सृजना भएको छ, सिक्किम गामी वाहनहरू पनि राजमार्ग 110 बाट कुदिररेकाले राजमार्ग 110 मा धेरै व्यस्त भएको छ, जसले गर्दा ट्राफिक व्यावस्था सुचारु राख्न एक तर्फ वाहन रोक्दै, अर्को तर्फको वाहन छोड्दै वान वे प्रकारले खरसाङ बजार क्षेत्रमा वाहनको चलाचल राखिएको छ। यस्तो परिस्थितिमा जनमानसमा हुने असुविधाको निम्ति तिनले खेद प्रकट पनि गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ