रोहिणी रोड खोलिएपछि गिद्धेदेखि सुकनासम्म राष्ट्रिय राजमार्ग सुनसान

Share this news

तीनधारे, (निसं):रोहिणी रोड (सुवास घिसिङ मार्ग) खोलिएपछि राष्ट्रिय राजमार्ग 110 अहिले सुनसान बनेको छ। गत 4 अक्टोबरको राति आएको अविरल वर्षाको कारण पैह्रोले रोहिणी रोड बन्द भएपछि सबै गाड़ीहरु राष्ट्रिय राजमार्ग 110 भएर कुद्न थालेपछि गिध्द पहाड़, महानदी, घैयाबारी, तीनधारे, दुई नम्बर, रंगटङ क्षेत्रमा थोकान पाटहरु र होटल व्यवसायहरु एकदमै राम्रो चलिरहेको थियो। तर लगभग तीन महिनापछि पैह्रो मरमत्ति भएर गत 1 जनवरीदेखि रोहिणी रोड खोलिनसाथ राष्ट्रिय राजमार्ग 110 मा गाड़ीहरुको चलाचल शून्य प्रायः बनेको छ। राष्ट्रिय राजमार्ग 110 भएर गाड़ीहरु कुद्ने समयमा जाम हुने स्थानहरुमा अहिले सुनसान बनेको छ। खरसाङ्को गिद्ध पहाड़स्थित रक गार्डनको भ्यु पोइन्टमा हुने जामहरु, महानदीको विभिन्न स्थानहरुमा हुने जाम, घैयाबारी, तीनधारे क्षेत्रमा हुने सबै जामहरु सुनसान बनेको छ। सबै गाडीहरु रोहिणी रोड भएर कुद्न थालेपछि राष्ट्रिय राजमार्ग 110 अन्तर्गत पर्ने स्थानहरु खरसाङ्को गिद्ध पहाड़, महानदी, घैयाबारी, तीनधारे, दुई नम्बर, रंगटङ क्षेत्रमा थोकान पाटहरु र होटल व्यवसायहरु ठप्प भएको छ।

प्रायः तीन महिनासम्म राष्ट्रिय राजमार्ग 110 भएर गाड़ीहरु कुदेको समय यी क्षेत्रहरूमा धेरैले नयाँ नयाँ व्यवसायहरु शुरु गरेका थिए। तर गाडीहरु कुद्न छोड़ेपछि सबै व्यवसायहरु ठप्प भएको छ। त्यसैले यस क्षेत्रका मानिसहरुले रोहिणी रोड खोलिए पनि गाडीहरु वान वे गरिदिने जीटीए प्रमुख अनित थापा समक्ष अनुरोध गरेका छन्‌‍। यस क्षेत्रका स्थानीयहरु सबैले रोहिणी रोड जीटीए प्रमुख अनित थापाको पहलमा खोलिएको र अब महानदी, घैयाबारी र तीनधारे क्षेत्रका जनसाधारणको लागि पनि केही सोचिदिने माग गर्दै सबै गाड़ीहरु रोहिणी रोडबाहेक पनि राष्ट्रिय राजमार्ग 110 भएर पनि कुद्नु पर्ने माग गरिएको छ। रोहिणी क्षेत्रका जनसाधारणको लागि राम्रो भएको र अब राष्ट्रिय राजमार्ग 110 क्षेत्रमा पर्ने स्थानहरुका लागि पनि केही गरिदिने निवेदन स्थानीयहरुले गरेका छन्‌‍। यसको साथै सबै गाड़ीहरु वान वे गरे अथवा दुवैतिर गाड़ीहरु कुदेको खण्डमा दुवैपट्टिको जनसाधारणलाई धेरै सुविधा हुने बताइएको छ।

यस विषयमा घैयाबारीका एकजना व्यक्तिले बताए अनुसार गत तीन महिनादेखि राष्ट्रिय राजमार्ग 110 भएर गाड़ीहरु कुदिरहेको समय दोकान बढ़ाएर लगेको साथै केही इन्भेस्ट पनि गरेको तर अहिले गाडीहरु कुद्न छोडेपछि धेरै नोक्सान बेहोर्नु परेको बताए। उनले गाड़ीहरु एकापट्टि मात्रै नकुदाएर वान गरेर दुवैपट्टि चलाए दुवैपट्टि राम्रो हुने बताएका छन्‌‍। यस्तै तीनधारेबाट एकजनाले जीटीए प्रमुख अनित थापाले रोहिणी रोड खोलि दिएको भए पनि महानदी, घैयाबारी, तीनधारे क्षेत्रमा रहेका जनसाधारणको लागि पनि केही सोच्नुपर्ने हो भनी बताएका छन्‌‍?। उनले रोहिणी रोड खोलिएपछि राष्ट्रिय राजमार्ग 110 प्रायः सुनसान बनेको र यस क्षेत्रको जनसाधारणको माग रोहिणी रोड र राष्ट्रिय राजमार्ग 110 मा गाड़ीहरु वान वे गरिनु पर्ने रहेको बताएका छन्‌‍। उनले आगामी विधानसभा चुनावमा तीनधारे, घैयाबारी र महानदी क्षेत्रमा रहेका जनताले पनि भाग लिने र यसमा यताको जनताको पनि सुविधालाई मध्यनजर राख्नु पर्ने माग रहेको बताएका छन्‌‍।

उल्लेखनीय छ गत तीन महिनादेखि राष्ट्रिय राजमार्ग 110 भएर गाडीहरु कुद्ने समयमा तीनधारेको मुख्य पर्यटकीय स्थल वी लभ तीनधारे भीड़भाड़ देखिन्थे भने अहिले गाड़ीहरु कुद्न छोड़ेपछि केही सुनसान बनेको छ। तथापि आईतबार यहाँ केही भीड़ देखिएको छ। तर पनि रोहिणी रोड खोलिएपछि राष्ट्रिय राजमार्ग 110 अन्तर्गत पर्ने स्थानहरु सुनसान बनेको छ। त्यसर्थ स्थानीयहरुले रोहिणी रोडको साथमा राष्ट्रिय राजमार्ग 110 भएर पनि गाड़ीहरु कुद्न पर्ने र यसको लागि गाड़ीहरु वान वे गरिनु पर्ने माग गरेका छन्‌‍।


Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ