चाना दाल काण्डमा मेरो अनि जीटीए-को कुनै हात छैन: सतिश पोख्रेल 

Share this news

दार्जीलिङ, 29 अप्रेल(निसं): केही दिनदेखि समाजिक सञ्जालमा भारत चाना दाल परियोजनामा घोटालाको खबर निकै चर्चित भइरहेको छ। उक्त खबरलाई खण्डन गर्दै गोर्खाल्याण्ड टेरिटोरियल(जीटीए) कृषि विभागिय कार्यकारी सभासद सतिश पोखरेलले चाना दाल सम्बन्धमा स्पष्ट गर्दै जीटीए तथा उनको कुनै हात नरहेको दाबी गरेको छ। एक भिडियो जारी गरेर उनले भनेका छन्, केही दिनदेखि समाजिक सञ्जालमा निकै चर्चित भइरहेको चाना दालको कुरा मैले यो कुरा सबै अगाडी सार्वजनिक गर्न पर्छ। सिक्किमको मान्छेसित दिल्लीका कोही मान्छे म कहाँ आए। उनीहरूले भने भारत सरकारको एउटा योजना यस्तो छ, जो घर गाउँका मानिसहरूलाई उक्त योजना अन्तर्गत धेरै फायदा दिनु सकिने कुरा गरेपछि एकजना सञ्जु छेत्री नामक मानिसलाई यस योजनाको धेरै ज्ञान भएको जनाएपछि मैले सञ्जु छेत्रीलाई के रहेछ तिमीले हेर भनेको मात्र हो। केही समयपछि कतिपय काम गर्न असुविधा भएको बताएर उनले मलाई तपाईंको एडभाइजर राख्नु भनेपछि मैले उनलाई एडभाइजर राखेको हु, तर उनको बदमाशी थाहा पाएपछि मैले एडभाइजरबाट पनि मैले हटाई दिएको थिए। यसैले हामी जीटीए अनि म सतिश पोखरेल निष्कलंक रहेको स्पष्ट बताउदै अघि भने चुनाउको माहौलमा जीटीएलाई बदनाम गर्न अजय एडवार्डको पार्टीले विभिन्न भिडियोहरू बनाएर शंका छ भन्दै जनतालाई भ्रमित गर्दै अफवाह फैलाइ रहेको छ, शंका होइन प्रमाण देउन भन्दै उनले प्रमाण मागे। यसको म कडा विरोध गर्छु र मलाई अनि जीटीएलाई बदनाम गर्न यसमाथि म कानुनी कार्वाही गर्छु। मेरो व्यक्तिगत जीवनमाथि यसरी कसैले कलंक लगाउन पाउदैन। जीटीए अधिकारी, जीटीए चीफ अनि म निर्दोष रहेको छौं। त्यो समयमा नै सञ्जु छेत्रीको नाममा थानामा उजुरी गरेको बताए। हामी बीजेपीएम पार्टी अनि जीटीए निर्दोष रहेको सतिश पोखरेलले खुलस्त बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ