नव भानु सङ्घलाई सर्वश्रेष्ट सरस्वती पूजाको पुरस्कार प्राप्त

Share this news

खरसाङ, (निसं): यस वर्षको उत्कृष्ट सरस्वती पूजा माथिल्लो डुमारामको नव भानुसंघद्वारा आयोजित सरस्वती पूजालाई चयन गरियो। 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टिका सभासद्‌‍ श्याम शेर्पाको पहलमा बीजीपीएम इभेन्ट म्यानेजमेन्ट समूहको आयोजनामा अनि जीटीएका मुख्य कार्यपाल अनित थापाको सहयोगमा यस वर्ष सरस्वती पूजाहरूलाई लिएर प्रतियोगिता आयोजना गरिएको थियो। 28 खरसाङ शहर चिम्नी देवराली समष्टि अनि 29 नम्बर खरसाङ गिद्धे पहाड़ समष्टिलाई लिएर आयोजना गरिएको यस प्रतियोगिताको निर्णय 6 सदस्यीय निर्णायक टोलीले गरेको हो।

सोमवार 77 औँ गणतन्त्र दिवसको अवसरमा खरसाङ्को पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भएको एक कार्यक्रममा उत्कृष्ट पूजाको रुपमा चयन भएका पूजा समितिहरूलाई नगद पुरस्कार, ट्रफी अनि प्रमाण पत्र कार्यक्रममा विशिष्ट अतिथिहरूको बाहुलीबाट प्रदान गरियो। प्रतियोगितामा प्रथम नवा भानु सङ्घ भएको थियो भने दोस्रो धोबि झोड़ा फरेष्ट बस्तीको पूजालाई चयन गरियो, तेस्रो डाँड़ा गाउँ समाज गिद्धे पहाड़द्वारा आयोजित पूजा, चौथो ग्राम सुधार समिति तीन माईलद्वारा आयोजित, पाँचौँ 7 चौकी डाँड़ा युथद्वारा आयोजित अनि छैटौँ अम्बेटकर गाउँ ग्रामसुधार समितिद्वारा आयोजित सरस्वती पूजालाई चयन गरिएको थियो। प्रथम स्थानमा रहेको पूजालाई नगद राशि 15 हजार रुपियाँ, ट्रफी अनि प्रमाण पत्र, दोस्रो स्थानमा रहेकोलाई नगद राशि 10 हजार रुपियाँ ट्रफी अनि प्रमाण पत्र, तेस्रो स्थानमा रहेको पूजालाई नगद राशि 5 हजार रुपियाँ, ट्रफी अनि प्रमाण पत्र प्रदान गरियो भने चौथो स्थानदेखि छैटौँ स्थानसम्म रहेको पूजालाई ट्रफी अनि प्रमाण पत्र प्रदान गरियो।

यस कार्यक्रममा स्वागत वक्तव्य सभासद्‌‍ श्याम शेर्पाले राखेका थिए अनि सञ्चालन सविना गिरी र सविता छेत्रीले गरेका थिए। यस प्रतियोगिताको बारेमा बताउदै निर्माणय मण्डलीका सदस्य सक्ष्मण गुरुङले भने, हामीले प्रतियोगितामा सहभागी बन्न इच्छुक जम्मा 28 पूजाको स्थलगत निरीक्षण भ्रमण गरेका थियौँ। भ्रमणको क्रममा पूजा आयोजना गर्नुको उद्देश्यदेखि लिएर विविध पक्षको बारेमा आयोजक समितिबाट जानकारी लियौँ। यसरी निरीक्षण भ्रमणको क्रममा प्राप्त भएको धार्मिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, कलात्मक अनि अन्य विषय वस्तुलाई केलाएर निर्णायक मण्डलीको 6 सदस्यहरूले दिएको अङ्कको आधारमा प्रथमदेखि छैटौँ स्थानसम्मको पूजालाई चयन गरेका हौँ।

सभासद्‌‍ श्याम शेर्पाले सरस्वती पूजाहरूलाई लिएर प्रतियोगिता आयोजना गर्नुको उद्दश्यको बारेमा बताउदै भने, हामी मध्ये धेरैलाई ज्ञात भएकै कुरो हो कि विगतको समयमा सरस्वती पूजा भव्यताको साथमा गरिन्थ्यो। यसरी पूजा गर्दा धार्मिक महत्व त हुन्थ्यो नै तर विगतका ती पूजाहरूमा सामाजिक, सांस्कृतिक, कला, शैक्षिक महत्व र अनुशासन जस्ता थोक सरस्वती पूजामा पाइन्थ्यो। समयको अन्तराल संगै यी महत्वहरू हराउँदै गएको हामीले अनुभव गरिरहेका छौँ। सरस्वती पूजाको धार्मिक, सामाजिक, सांस्कृतिक, शैक्षिक महत्वलाई फर्काइल्याउन नै यो प्रतियोगिताको मूल उद्देश्य हो। यस वर्ष छोटो समयमा लिइएको निर्णयले कतिपय पूजाहरू समेटिन नसकिएको हुन सक्छ, कतिपय पूजा प्रतियोगितमा आउन चाहेर पनि नसकेको हुनसक्छ, यसैले अर्को वर्ष हामी समयमा प्रतियोगिताको घोषणा गरेर अझ अधिक पूजाहरूलाई समेटेर कार्यक्रम आयोजना गर्ने विचारमा छौँ।

कार्यक्रममा मिसेज नर्थ-इष्ट सुन्दरी प्रतियोगिताकी विजेता लक्ष्मी छेत्री, नवदित मोडलिङ प्रतिभा कुनसाङ लेप्चा, जीटीए आईडल प्रतियोगितामा 29 नम्बर टपर अनिक कार्की, 28 नम्बर टपर दक्षिणा लोहार, डा. रिञ्छेन शेर्पा, डा. नयनिका प्रधान, विवेक मोक्तानको कराते टोली, विजय राउतको किक्‌‍ बक्सिङ एसोसिएशनका खेलाड़ीहरू, एसआईआर प्रक्रियामा खटेका बीएलए र जनसाधरणलाई सहयोग प्रदान गरिरहेको टोली, निर्मायक मण्डलीका सदस्यहरू, मिडियाका सदस्यहरू अनि अन्यान्यलाई खदा लगाएर फूलको गुच्छा, स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइएको थियो। कार्यक्रममा 28 अनि 29 नम्बर समष्टिका विभिन्न सङ्घ-संस्थाबाट आएका कलाकार, जीटीएको सूचना अनि संस्कृति विभागका कलाकारहरूले गीत अनि नृत्य प्रस्तुत गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ