GJM Political meeting Darjeeling
GJM Political meeting Darjeeling

गोरामुमो रंगबुल शाखा गोर्खा राष्ट्रिय नारी संगठन रंगबुल शाखा पुनर्गठन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको संगठन विस्तार अभियानलाई थप सशक्त बनाउने उद्देश्यले रंगबुल–धोतरिया–रंगबुक समष्टि अन्तर्गत रंगबुल शाखा तथा गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) रंगबुल शाखाको पुनर्गठन सफलतापूर्वक सम्पन्न भएको छ। केन्द्रीय समिति सदस्य एन. बी. प्रधानको अध्यक्षतामा सम्पन्न उक्त संगठनात्मक सभाको सञ्चालन समष्टि अध्यक्षा रञ्जिता सुब्बाले गरेकी थिइन्। सभामा गोरामुमो केन्द्रीय समिति सदस्य अरुण राईको विशेष उपस्थिति रहेको थियो। साथै रंगबुल क्षेत्रका पार्टी कार्यकर्ता, समर्थक तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सभामा सर्वसम्मतिले पुरानो शाखा समितिलाई विघटन गरी नयाँ कार्यसमिति गठन गरिएको हो। गोरामुमो रंगबुल शाखाको नयाँ कार्यसमितिमा अध्यक्ष: नितुङ गुरुङ, उपाध्यक्ष: रामे तामाङ, सचिव: सुदीप प्रधान, सहसचिव: सुमन सेवा, कोषाध्यक्ष: दिपेन गुरुङ, प्रमुख सल्लाहकार: सिराजुद्दिन अन्सारी र प्रणय शाह। गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) रंगबुल शाखाको नयाँ कार्यसमिति अध्यक्षा: रोशनी राई, उपाध्यक्षा: बिनु तामाङ, सचिवा: सुनिता तामाङ, सहसचिवा: निमा भुटिया, कोषाध्यक्ष: छमु भुटिया, सदस्य: अञ्जली भुटिया प्रमुख सल्लाहकार: अन्जु सुब्बा र सावित्री तामाङ।

नवगठित समितिका पदाधिकारीहरूलाई एन. बी. प्रधानले खादा लगाई बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीको सिद्धान्त, आदर्श र अनुशासनलाई आत्मसात गर्दै संगठनलाई अझ सुदृढ र व्यापक बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

सभामा उपस्थित नेताहरूले रंगबुल क्षेत्रमा गोरामुमोको जनाधार दिनप्रतिदिन बलियो बन्दै गएको उल्लेख गर्दै आगामी दिनहरूमा संगठनलाई अझ गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। रंगबुल शाखा तथा गोरानासंको पुनर्गठनले स्थानीय स्तरमा पार्टीको संगठनात्मक संरचनालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

आजको रोजाइ