रोहिणी रोड खुलेपछि राष्ट्रिय राजमार्ग 110 सुनसान

Share this news

तीनधारे,  (निसं): रोहिणी रोड (सुवास घिसिङ मार्ग) खोलिएपछि राष्ट्रिय राजमार्ग 110 अन्तर्गत पर्ने स्थानहरु गिद्ध पहाड़, महानदी, घैयाबारी र तीनधारे क्षेत्रहरु सुनसान बनेको छ भने यस क्षेत्रमा रहेका दोकान पाटहरु नोक्सानीमा रहेको देखिएको छ। गत 4 अक्टोबरको राती आएको अविरल वर्षाको कारण पैह्रोले रोहिणी रोड बन्द भएपछि सबै गाड़ीहरु राष्ट्रिय राजमार्ग 110 भएर कुद्न थालेपछि गिद्ध पहाड, महानदी, घैयाबारी, तीनधारे, दुई नम्बर, रंगटङ क्षेत्रमा थोकान पाटहरु र होटल व्यवसायहरु एकदमै राम्रो चलिरहेको थियो। तर लगभग तीन महिनापछि पैह्रो मरमत्ति भएर गत 1 जनवरीदेखि रोहिणी रोड खोलिनसाथ राष्ट्रिय राजमार्ग 110 मा गाडीहरुको चलाचल शून्य बनेको छ।

खरसाङको गिद्ध पहाड़स्थित रक गार्डनको भ्यु पोइन्टमा हुने जामहरु, महानदीको विभिन्न स्थानहरुमा हुने जाम, घैयाबारी, तीनधारे क्षेत्रमा हुने सबै जामहरु सुनसान बनेको छ। सबै गाडीहरु रोहिणी रोड भएर कुद्न थालेपछि राष्ट्रिय राजमार्ग 110 अन्तर्गत पर्ने स्थानहरु खरसाङ्को गिद्ध पहाड़, महानदी, घैयाबारी, तीनधारे, दुई नम्बर, रंगटङ क्षेत्रमा थोकान पाटहरु र होटल व्यवसायहरु ठप्प भएको छ भने दोकान पाटहरु चलाएर खानेहरु नोक्सान खप्न परिरहेको छ। प्रायः तीन महिनासम्म राष्ट्रिय राजमार्ग 110 भएर गाड़ीहरु कुदेको समय यी क्षेत्रहरूमा धेरैले नयाँ नयाँ व्यवसायहरु शुरु गरेका थिए। तर गाड़ीहरु कुद्न छोडेपछि सबै व्यवसायहरु ठप्प भएको छ। त्यसैले यस क्षेत्रका मानिसहरुले रोहिणी रोड खोलिए पनि गाड़ीहरु वान वे गरिदिने महानदी, घैयाबारी, तीनधारे क्षेत्रका जनसाधारणले जीटीए प्रमुख अनित थापा समक्ष अनुरोध गरेका छन्‌‍। जनसाधारणको माग अनुसार रोहिणी रोड र राष्ट्रिय राजमार्ग 110 मा गाड़ीहरु वान वे गरिनु पर्ने रहेको छ।

उल्लेखनीय छ गत तीन महिनादेखि राष्ट्रिय राजमार्ग 110 भएर गाड़ीहरु कुद्ने समयमा तीनधारेको मुख्य पर्यटकीय स्थल वी लभ तीनधारे भीड़भाड़ देखिन्थे भने अहिले गाडीहरु कुद्न छोडेपछि केही सुनसान बनेको छ। रोहिणी रोड खोलिएपछि राष्ट्रिय राजमार्ग 110 अन्तर्गत पर्ने स्थानहरु सुनसान बनेको छ। त्यसर्थ स्थानीयहरुले रोहिणी रोडको साथमा राष्ट्रिय राजमार्ग 110 भएर पनि गाड़ीहरु कुद्न पर्ने र यसको लागि गाड़ीहरु वान वे गरिनु पर्ने माग गरेका छन्‌‍। महानदी, घैयाबारी र तीनधारे क्षेत्रमा होटल व्यवसायहरु चलाउनेहरुले यस क्षेत्रमा पनि बेरोजगारहरु छन्‌‍। तर रोहिणी क्षेत्रमा मात्र बेरोजगारहरु छैनन्‌‍ तर हाम्रो क्षेत्रमा पनि बेरोजगारहरु छन्‌‍। त्यसैले यस क्षेत्रका मानिसहरुका लागि पनि केही गरिनुपर्छ भन्ने स्थानीयहरुको माग रहेको छ।

विशेष गरेर रोहिणी रोड भएर मात्र लगातार रुपमा गाडीहरु कुद्न थाले बर्खा लाग्दा पुनः खतरा हुन सक्ने सम्भावना रहने र वान वे गर्न सके राष्ट्रिय राजमार्ग 110 र रोहिणी रोड दुवैपट्टि राम्रो हुने स्थानीयहरुले बताएका छन्‌‍। विशेष गरेर रोहिणी रोडको बोझ केही कम गर्न हो भने पनि दुवैतिर गाड़ीहरु कुदाउन सकिए राम्रो हुने स्थानीयहरुले सुझाव राखेका छन्। यस विषयमा खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीसित कुरा गर्दा उनले रोहिणी रोडमा खतरा कम गर्न रोहिणी रोड भएर साना गाडीहरु र आपतकालीन सेवाको गाड़ीहरुलाई कुदाउन सकिने र राष्ट्रिय राजमार्ग 110 भएर मालवाहक ठूला गाड़ीहरु कुदाउन सकिने बताएका छन्‌‍। उनले डाउन चै पंखाबारी रोड भएर कुदाउन सकिए रोहिणी रोडलाई भार कम गर्न सकिने र खरसाङ बजारमा ट्राफिक पनि कम रहने सम्भावना हुने भनी बताएका छन्‌‍। रोहिणी रोडलाई जोगाउन र दुवैतिरका जनसाधारणको सुविधालाई ध्यानमा राखेर रोहिणी रोड र राष्ट्रिय राजमार्ग 110 दुवैतिर गाड़ीहरु कुदाउन पर्ने स्थानीयहरुको माग रहेको छ।


Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ