Raju Bista campaign Kalimpong
Raju Bista campaign Kalimpong

भाजपा कालेबुङ उम्मेद्वार भरत छेत्रीको पक्षमा प्रचार गर्दै सांसद बिष्ट

Share this news

दार्जीलिङ लोकसभाका सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्ट कालेबुङका नागरिकहरूसँग कालेबुङबाट बीजेपी गठबन्धनका उम्मेदवार श्री भरत छेत्रीज्यूको समर्थनमा विशाल नामाङ्कन ऱ्यालीमा शामेल भए।
कालेबुङ कुनै समयमा व्यापार अनि वाणिज्यका लागि प्रसिद्ध थियो र यो सिक्किम, दार्जिलिङ, भुटान, तिब्बत र चीन समेतको माझ सबैभन्दा महत्त्वपूर्ण व्यापारिक केन्द्र थियो। कालेबुङको ख्याति आफ्ना प्रतिष्ठित स्कूलहरूका लागि पनि थियो। यो कुनै समयमा कृषि, बागवानी अनि फूलको खेतीको केन्द्र थियो।

आज कालेबुङ आफ्नै अतीतको सियाँलमा परेको छ। व्यापार अनि वाणिज्य ठप्प छ। विद्यार्थीहरू कालेबुङ छाड़ेर अन्य शहरहरूतिर पलायन भइरहेका छन्। हाम्रा युवाहरू उत्कृष्ट अवसरहरूको खोजीमा बसाइँ सरिरहेका छन्। सिंकोना बगान र चिया बगानहरू बन्द हुने सँघारमा छन्। स्थानीय युवाहरूका लागि रोजगारका कुनै अवसर छैनन्। डीआई फण्ड योजनाअन्तर्गत बसोबासो गरिरहेका जनतासँग टीएमसी सरकारद्वारा फीसको रूपमा ठूलो रकम वसूल गरिन्छ।
बीजेपी गठबन्धनले यो प्रवृत्तिको अन्त्य गर्नेछ। हामीले हाम्रो भूमिको, हाम्रो चिनारी अनि हाम्रो भविष्यको रक्षा गर्नेछ। हामी सुनिश्चित गर्नेछौँ कि हाम्रा शिक्षित युवाहरूले हाम्रो यो सुन्दर भूमिलाई छाड़ेर जान नपरोस्। हामी उनीहरूका लागि रोजगारका अवसरहरू सिर्जना गर्नेछौँ, विश्वस्तरीय शैक्षिक संस्थानहरूलाई कालेबुङ ल्याउने छौँ, अनि हाम्रो कृषि क्षेत्र, हाम्रो बागवानी र फूलको खेतीको क्षेत्र फस्टाओस् भनी सुनिश्चित गर्नेछौँ।

दशकौँदेखि कालेबुङ पानीको गम्भीर सङ्कटले ग्रस्त छ। अम्रुत २.० अन्तर्गत कालेबुङ नगरपालिकाको लागि ₹१९७ करोड़को स्वीकृति प्रदान गर्नुभएकोमा सांसद बिष्टले प्रधानमन्त्री मोदीज्यूलाई धन्यवाद ज्ञापन गरे। हर घर जल योजनामा कालेबुङलाई लगभग ₹५१८.६ करोड़ लागत बराबरका १४६ परियोजनाहरू प्राप्त भएको छ। प्रधानमन्त्री ग्रामीण सड़क योजना २अनि ३ अन्तर्गत कालेबुङ जिल्लामा लगभग ₹३२७ करोड़को लागतमा झण्डै ५०० किलोमीटर लामो ८९ सड़कहरूको निर्माण कार्य पूरा भएको छ। Pप्रधानमन्त्री ग्रामीण सड़क योजना ४का लागि २७ नयाँ प्रस्तावहरूलाई स्वीकृति प्राप्त भएको छ।

यसका साथै, सेवोक-रङ्पो रेल लाईन लगभग पूरा भएको छ। राष्ट्रीय राजमार्ग ७०१ ए को निर्माण कार्य लगभग पूरा हुनलागेको छ। डामडिम-गोरुबथान-लाभा राजमार्ग पूरा भइसकेको छ। कोरोनेशन पुलको वैकल्पिक पूलको निर्माण कार्य शुरु भएको छ। एनएच १० को सुधार कार्य चलिरहेको छ। चाल्सा-जलढाका-बिन्दु सड़क आधा पूरा भइसकेको छ। एकलव्य आदर्श आवासीय विद्यालय सञ्चालनमा आइसकेको छ। बालासनबाट सेवोका लागि एलिभेटेड हाईवे कोरिडोरको पहिले चरण पूरा हुनै आँटेको छ।

प्रधानमन्त्री मोदीज्यूको दूरदृष्टिपूर्ण नेतृत्वअन्तर्गत कालेबुङ र हाम्रो दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्र विकासको केन्द्र बनेको छ।
यो चुनाउ खाली जित्ने वा हार्ने बारेमा नभएर, यो जवाफदेहिता, विकास, अनि हाम्रो क्षेत्रको भविष्य सुरक्षित गर्ने बारेमा हो। तपाईंहरूको समर्थनले हामी वर्तमान ढर्रालाई सुधार्न सक्छौँ अनि कालेबुङमा स्थायित्व, अवसर, र विकासलाई फर्काएर ल्याउन सक्छौँ। तसर्थ, म कालेबुङका जनतालाई हाम्रा बीजेपी गठबन्धनलाई भोट दिन अनि हाम्रा उम्मेदवार श्री भरत छेत्रीज्यूको विशाल विजय सुनिश्चित गर्न सांसद बिष्टले अनुरोध गरे।

Share this news
आजको रोजाइ
खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

आजको रोजाइ