खरसाङमा बाँदरले मानिस टोक्दैछ

Share this news

खरसाङ, (निसं)ः खरसाङ शहरी क्षेत्रमा बाँदरको समस्या समाधानको निम्ति प्रशासनले केही नगरेको गुनासो सर्वसाधरणको छ। शहरमा बाँदरको समस्या समाधान गर्नको निम्ति नगरपालिका अनि प्रशासन मुकदर्शक बनेको पनि जनसाधरणको गुनासो छ। यसै बीच खरसाङ्मा मानिसहरूलाई बाँदरले टोकिरहेको घटनाहरू प्रकाशमा आइरहेको छ। खरसाङको वर्द्धवान रोड क्षेत्रमा प्रत्येक दिन बाँदरले दोकानदार, पैदल हिँड़ने मानिस, विद्यार्थीहरूलाई आक्रमण गर्ने गरेको गुनासोहरू प्राप्त भइरहेको छ। यस क्षेत्रमा बाँदरले आक्रमण गरेर मानिसलाई टोकिरहेको गुनासो छ।

यस क्षेत्रका महमद्‌‍ फरीदले भने, विगत केही दिनदेखि वर्द्धवान रोड क्षेत्रमा बाँदरले मानिसहरूलाई आक्रमण गर्दै टोकिरहेका छन्‌‍। बाँदरको उपद्रव र आक्रमणदेखि यस क्षेत्रका मानिसहरू हैरान बनिसकेका छन्‌‍। विगत तीन-चार दिन भित्रमा तीन जना मानिसहरूलाई बाँदरले टोकिसकेको छ। यो समस्या समाधान गर्नको निम्ति एउटा समिति गठन गर्ने विषयमा हामीले विचार गरिरहेका छौँ। प्रशासनले अहिलेसम्म केही गरेन, अब समिति बनाएर सबै पक्षलाई समेटेर कार्य गर्न आवश्यक छ। यो समितिमा मिडियाका मानिसहरू पनि रहेको खण्डमा असल हुनेछ।

यसै गरी शितलु बस्ती निवासी एक महिलाले पनि वर्द्धवान रोड क्षेत्रका कतिपय बाँदर आक्रमक रहेको बताउँदै बाँदरहरू बाटो किनार, खालि जग्गामा चरिरहेको अथवा केबलमा झुण्डिरहेको अवस्थामा हुन्छन्‌‍। कुनै कुनै समय यसरी बाटो किनारमा रहेका बाँदरहरूले मानिसलाई आक्रमण गर्ने गर्छन्‌‍। केही दिन अघि वर्द्धवान रोडदेखि केही माथि बाटो हिँड़दै गरेको एक युवातीलाई बाँदरले पछिबाट आक्रमण गरी तिनको चुन्नी तानिदिएर आत्याएको थियो भनी बताइन्‌‍।

स्मरण गराइन्छ, खरसाङ बजारको सबै क्षेत्रमा बाँदरको चहल पहल रहेको छ। विभिन्न स्थानमा समूहमा बस्ने अनि चर्ने गरेका बाँदरहरूको कारण खरसाङ शहरी क्षेत्रका सबै मानिसहरू पीड़ित छन्‌‍। बाँदरले घरभित्र पसेर घरको सामग्रीहरू नष्ट गरिदिएको, लगिदिएको, पानीको ट्याङ्कीमा पसेर पोड़ी खेलेको, दोकानको सामग्रीहरू लगिदिएको घटनाहरू प्रायः प्रत्येक दिन प्रकाशमा आउने गरेका छन्‌‍ भने समय समयमा बाँदरको टोकाइको घटनाहरू पनि यसरी प्रकाशमा आउने गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ