Micro Irrigation System Complex Distribution for Kangmi-Labdang
Micro Irrigation System Complex Distribution for Kangmi-Labdang

काँग्मी-लब्दाङको लागि सूक्ष्म सिंचाइ प्रणाली सँकुल वितरण

Share this news

कृषि विभाग, गेजिङले प्रधानमन्त्री कृषि सिंचाइ योजना (PMKSY) अन्तर्गत काँग्मी-लब्दाङको लागि सूक्ष्म सिंचाइ प्रणाली (MI) परिचिती-सँकुल वितरण कार्यक्रम आयोजना गर्यो। काँग्मी-लब्दाङ क्लष्टरको लागि कृषि विभागद्वारा आयोजित सूक्ष्म सिंचाइ प्रणाली (MI) परिचिती-सँकुल वितरण कार्यक्रम काँग्मी लब्दाङ GPU मा सम्पन्न भयो। युक्सम निर्वाचन क्षेत्र अन्तर्गत काँग्मी लब्दाङ ग्राम पञ्चायत इकाइका जम्मा ३३० लाभार्थीहरूले आज PMKSY अन्तर्गत माइक्रो इरिगेसन सिस्टम प्राप्त गरे।
कार्यक्रममा गेजिङका झिल्का अध्यक्ष डी.एस. लिम्बूको उपस्थितिले कार्यक्रमको गरिमादायी बनाइएको थियो। यो कार्यक्रममा पञ्चायत सदस्यहरू, कृषि/बगैचा अतिरिक्त निर्देशक श्री कर्मा शेर्पा, लाभार्थीहरू र अन्य स्थानीय गण्यमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो। जिल्ला अध्यक्षले आफ्नो मन्तव्यमा लाभग्राहीहरुलाई सूक्ष्म सिंचाई प्रणाली प्राप्त गरेकोमा बधाई दिए र कृषि गतिविधिहरूमा प्रणालीको प्रभावकारी प्रयोग गर्न आग्रह गरे। उनले राम्रो खेती अभ्यास र दिगोपनका लागि सरकारी योजनाहरुको प्रयोगको महत्त्व जोडे अनि कृषकहरुलाई आत्मनिर्भरता सुनिश्चित गर्न आधुनिक विधिहरू अपनाउन प्रोत्साहित गरे।
कृषि क्षेत्रका अतिरिक्त निर्देशक कर्म शेर्पाले कृषकको जीवनस्तर सुधार गर्न राज्य सरकारले अगाडि सारेका पहलहरूको बारेमा प्रकाश पार्दै यो योजना कृषि उत्पादनशीलता बढाउने दिशामा एक कदम भएको बताए। उनले लाभग्राहीहरुलाई सूक्ष्म सिंचाई प्रणालीको बारेमा जानकारी दिए, जसमा पोली पाइप, पानी ट्याङ्की, पम्प, ड्रिप प्रणाली, र स्प्रिंकलरहरू समावेश छन्, जसले कृषकलाई पानीको दक्षता अधिकतम गर्न र बाली उत्पादन सुधार गर्न मद्दत गर्दछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ