Longview Tea Garden workers protest
Longview Tea Garden workers protest

लङभ्यु चिया बगानको मालिक विरूद्ध एफआईआर दर्ता गर्ने मांगमा ज्ञापन

Share this news

लङभ्यु चिया बगानको मालिक विरूद्ध एफआईआर दर्ता गर्ने मांग गर्दै एचएचटीडीसीएसएसले एसडीपीओ र पीएफ अधिकारीलाई चढाए ज्ञापन। लङभ्यु चिया बगानको मालिक गोविन गर्गलाई कानूनी कारवाही गर्ने मांग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले खरसाङ एस डी पी ओ लाई ज्ञापन पत्र चढाएको छ।खरसाङ महकुमा अन्तर्गत पर्ने लङभ्यु चिया बगानमा कार्यरत श्रमिकहरूले आफ्नो हक र अधिकारको मांग गर्दै विगत 47 दिनदेखि धरना प्रदर्शन गर्दै आई रहेका छन्।लङभ्यु चिया बगानको श्रमिकहरूले अविलम्ब न्याय पाउनु पर्छ भन्ने हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो स्पष्ट अडान रहेको बताएका छन्।हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङको नेतृत्वमा आज खरसाङ एसडीपीओ संग भेटवार्ता गर्यो।

यस भेटवार्तामा लङभ्यु चिया बगानको श्रमिकहरूलाई अविलम्ब न्याय दिने साथै बगानको मालिकलाई एफआईआर दर्ता गर्ने तथा कानूनी कार्यवाही गर्ने मांग गर्दै ज्ञापन पत्र चढाए।त्यसरी नै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको टोलीले खरसाङ थानालाई लङभ्यु चिया बगानका श्रमिकहरूमाथि भई रहेको अन्याय र अत्यचार बारे अवगत गराए।हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङको नेतृत्वमा गएको प्रतिनिधि टोलीले सिलगढीको भविष्य निधि तथा पी एफ कार्यलय पुगेर विभागीय अधिकारीसंग भेटवार्ता गर्यो। त्यस भेटवार्तामा लङभ्यु चिया बगानको मालिक विरूद्ध एफआईआर दर्ता गरेर कानूनी कारवाही गर्ने मांग गर्दै प्रतिनिधि टोलीले ज्ञापन पत्र चढाए।

सिलगढीको भविष्य निधि तथा पी एफ कार्यलयले हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको टोलीलाई पूर्व न्यायमूर्ति अभय मनोहर साप्रेको निर्देश अनुसार पी एफ को पहिलो किस्ता निम्ति श्रमिकहरूको हस्ताक्षर जाँचको कार्य भइरहेको छ, जाँच कार्य पूरा भई सकेको छ आगमी केही दिनभित्रमा नै श्रमिकहरूले पीएफको पहिलो किस्ताको राशी प्राप्त गर्ने छ। लङभ्यु चिया बगानले श्रमिकहरूको पी एफको राशी पुरा जम्मा नगरेको विषयको जानकारी कोलकता पी एफ कार्यालयलाई अवगत गराई सकेको छ, कोलकता पी एफ कार्यालयले लङभ्यु चिया बगानको मालिक गोविन गर्ग विरूद्ध कारवाही गर्ने तयारी गरि सकेका छन्। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङसंग प्रमुख सल्लाकार राजु सुब्बा, कार्यालय सचिव भीम सुनाम, बसन्त छेत्री, खरसाङबाट फुर्बा लामा, तीनधारेबाट सुनिल प्रधान, मैते प्रधान,मिरिकबाट अनिल राणा, तराईबाट राजेश लाक्डा आदि सामेल रहेका थिए।

लङभ्यु चिया बगान श्रमिकहरूको अवस्थालाई ध्यानमा राख्दै रिजनल अफिसरले हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको टोलीलाई धेरै सुझाव र सहयोग पुराए। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको प्रतिनिधि टोली लङभ्यु चिया बगानको धरना प्रदर्शन स्थलमा पुगे अनि धरनामा बसेका श्रमिकहरूलाई हौसला प्रदान गर्यो।

Share this news
आजको रोजाइ
सांसद राजु विष्टले प्र.म. मोदीलाई ४,३९९ दिन पूरा गरेकोमा दिए वधाइ

सांसद राजु विष्टले प्र.म. मोदीलाई ४,३९९ दिन पूरा गरेकोमा दिए वधाइ

असीमित कमेडीको लागि तयार रहौं, धमाल ४ हलहरूमा आउँदैछ

असीमित कमेडीको लागि तयार रहौं, धमाल ४ हलहरूमा आउँदैछ

शुभेन्दु मन्त्रिपरिषद् कार्यालयहरूको वितरण, कसले कुन- कुन विभाग पाए ?

शुभेन्दु मन्त्रिपरिषद् कार्यालयहरूको वितरण, कसले कुन- कुन विभाग पाए ?

डेलो पार्कमा भएको घटना निन्दनीय — प्रशान्त लामा, आईरइजीजेएफ

डेलो पार्कमा भएको घटना निन्दनीय — प्रशान्त लामा, आईरइजीजेएफ

भ्रष्टाचार बिरूद्ध डबल इञ्जिनको भाजपा सरकारले न्यायिक कदम चालुन्

भ्रष्टाचार बिरूद्ध डबल इञ्जिनको भाजपा सरकारले न्यायिक कदम चालुन्

नेहरूको रेकर्ड तोड्दै, मोदी लगातार ४,३९९ दिनसम्म प्रधानमन्त्री रहने पहिलो नेता

नेहरूको रेकर्ड तोड्दै, मोदी लगातार ४,३९९ दिनसम्म प्रधानमन्त्री रहने पहिलो नेता

बंगालका महिलाहरूले ₹३६,००० प्राप्त गर्नेछन्, त्यसको लागि गर्न पर्ने जानकारी

बंगालका महिलाहरूले ₹३६,००० प्राप्त गर्नेछन्, त्यसको लागि गर्न पर्ने जानकारी

संकटको समयमा दिदीका नजिकका सांसदहरूले उनलाई पिठ्यूँ फर्काए

संकटको समयमा दिदीका नजिकका सांसदहरूले उनलाई पिठ्यूँ फर्काए

उन्नत एआई र रोबोटिक्स प्रविधिको इलेक्ट्रिक स्कुटर- ओमोवे ओमो एक्स

उन्नत एआई र रोबोटिक्स प्रविधिको इलेक्ट्रिक स्कुटर- ओमोवे ओमो एक्स

दार्जीलिङका १६ बोर्डहरूको वित्तीय लेखा परीक्षण गरिनेछ: अग्निमित्र

दार्जीलिङका १६ बोर्डहरूको वित्तीय लेखा परीक्षण गरिनेछ: अग्निमित्र

आजको रोजाइ