मनिषालाई जिताउँन सभासदद्वारा 50 हजार रुपियाँको सहयोग 

Share this news

पेशोक-नामरीङ, 11 जुलाई(निसं): गायिका मनिषा छेत्रीलाई जिताउँन सभासद डेण्डुप पाखरीन अघि आउदै उनले शुभकामना सहित नगद 50 हजार रुपियाँको सहयोग पनि गरेका छन्।
नेपाल राष्ट्रमा सम्पन्न भइरहेको मेरो भोइस युनिभर्स सिजन-2 गायन प्रतियोगिताको भोटिङ राउण्ड पुगेकी गायिका मनिषा छेत्रीको निम्ति भोटको अपिल गर्न तकदाह-टिस्टाभेल्ली समष्टिका सभासद डेण्डुप पाखरीन अघि आएका छन्। गायिका मनिषा छेत्रीको जन्मभूमि नामरीङ चियाबारीको 14 नम्बर गाउँमा बिहिबार मनिषा फ्रेण्ड्स क्लब-को आयोजना सभा सम्पन्न भयो। सभालाई क्षेत्रका सभासद डेण्डुप पाखरीनले अध्यक्षता गरेका थिए। उक्त सभामा नामरीङ चियाबारी अधिनस्त प्रत्येक गाउँ अनि समाजका प्रतिनिधिहरू उपस्थित थिए। सभालाई सम्बोधन गर्दै सबै समाजका प्रतिनिधिवर्गले नामरीङको चेलीले दार्जीलिङ पहाडक गरीमालाई उच्च बनाउँन सफल बनेकी छिन्, अब उनलाई सबैले भोट गरेर बिजयी बनाउँन सबैको कर्तव्य रहेको बताएका छन्। सभामा मनिषा फ्रेण्ड्स क्लबका अध्यक्ष राकेश मुखियाले क्लबको प्रतिवेदनसंगै भावि औचित्यबारे प्रकाश पारेका थिए। शरद राईले सञ्चालन गरेको सभामा पञ्चायत सदस्य योगराज राई, शिक्षक जेके प्रधान, दिलकस विद्याभूषण तामाङ, लाडुप तामाङ, सुमन खवास, अनिता तामाङ, विकाश राई आदिले सम्बोधन गरेका थिए। सभामा गायिका मनिषा छेत्रीको माता-पिता पनि उपस्थित थिए।
सभामा अध्यक्षीय सम्बोधन गर्दै सभासद डेण्डुप पाखरीनले भने, वर्तमान समय नामरीङमा विगतको गरिमा फर्किएर आएको छ जस्तो लाग्छ मलाई। अब यसलाई प्रत्येक समाज र गाउँ घरले बचाउँनुपर्छ। विगतमा पनि नामरीङमा धेरै कलाकारहरू थिए। यहाँ धेरै कार्यक्रम आयोजना हुन्थ्यो। नाटकहरू धेरै मञ्चन भएको ठाउँ हो। यहाँ कलाकारको कमी थिएन। अहिले पनि मनिषा छेत्री जस्ता कलाकार हाम्रै गाउँकी छोरी हुन्। उनीहरूको गायन प्रतिभा र संगीतप्रतिको मोहलाई हामीले उर्जा दिनुपर्छ। अब मनिषा छेत्री फ्रेन्ड्स क्लबको प्रचार- प्रसार व्यापक हुनुपर्छ। उसलाई व्यापक भोट गरेर सफलताको चुलीमा पुराउँने कर्तव्य तपाई-हाम्रो हो। यसर्थ म मनिषा छेत्रीलाई भोट गर्नको निम्ति आशीर्वाद स्वरूप नगद 50 हजार रुपियाँ  दिनेछु। साथै उसको जीतको निम्ति म सधैं साथमा रहनेछु। उता नेपालमा मात्र होइन यता जीटीए आइडलमा पनि हाम्रै नामरीङको प्रतिभा फाइनल राउण्डमा पुगेका छन्। यो खुशीको कुरा हो। अब हामीले यी हाम्रो कलाकारहरूको निम्ति सोच्ने समय आएको छ। भोलिदेखि उता नामरीङ मात्र होइन समग्र तकदाह-टिस्टाभेल्ली समष्टि, दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ तराईवासी अनि विश्वमा रहेका सबै गोर्खा सन्तानले हाम्रो चेली मनिषा छेत्रीलाई विपुल भोट दिएर विजयी बनाउँन अघि आइदिनु हुन निवेदन गर्दछु।, अन्तमा सभासद पाखरीनले भने, एक भयो भने असम्भव भने केही छैन, जीत निश्चित छ। यसैले सबै एक भएर गायिका मनिषा छेत्रीको निम्ति खटौं। सभामा गायिका मनिषा छेत्रीको पिता क्यानुट छेत्रीले सबैप्रति आभार प्रकट गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ