क्रामकपाको अजय अनि विनयसित गोर्खाल्याण्डबारे भेटघाट 

Share this news

दार्जीलिङ,9 जनवरी(निसं): अलग राज्य गोर्खाल्याण्डको निम्ति निरन्तर शान्तिपूर्ण र गणतान्त्रिक आन्दोलनमा रहेको क्रामाकपाद्वारा भारत सरकारलाई उनीहरुले गत 16 वर्षदेखि गोर्खाहरूको राष्ट्रिय चिन्हारी र राजनैतिक सुरक्षाको निम्ति स्थायी राजनैतिक समाधान गर्ने वाचा गरेको भएता पनि आजसम्म पूरा नहुँदा सरकारलाई प्रतिबद्धता याद दिलाउन आगामी 9 र 10 फरवरीको  दुई दिन संसद धर्ना दिल्लीको जन्तर मन्तरमा गरिने निश्चित गरिएकोछ। त्यस धरनामा अलग राज्य पक्षका सम्पूर्ण राजनैतिक दल र संघ संस्थाहरूको एकबद्धता गोर्खा एकता दर्शाउन निमन्त्रणा गर्दै क्रामाकपा धर्ना आयोजकको टोली आइजीजेएफ मुख्य संयोजक अजय एडवर्डलाई उनको केन्द्रीय कार्यालय पी कोठीमा भेट गरी निमन्त्रणा पत्र हस्तान्तरण गरिएको क्रामाकपा मिडिया सेलले जानकारी गराएकोछ। यसरी नै क्रामाकपा मिडिया सेलले जानकारी गराए अनुसार, बिहिबारको दिन पूर्व जीटीए प्रमुख तथा वर्तमान सभासद् सशक्त सचेत राजनीतिज्ञ नेता विनय तामाङसित एक सौहार्दपूर्ण भेटघाट क्रामाकपा कार्यालयमा क्रामाकपाका शीर्ष नेतृत्वसँग भेटघाट भयो। यस भेटघाटमा गोर्खा जातिको हितबारे लामो विचार विमर्श गरियो साथै चर्चाको क्रममा क्रामाकपाद्वारा आगामी दिनाङ्क 9 र 20  फरवरी दुई दिनको दिल्लीमा आयोजना हुने संसद धरनाको निम्ति निमन्त्रणा पत्र क्रामाकपाका शीर्ष नेतृत्वहरूद्वारा हस्तान्तरण गरियो। तामाङले यस पहललाई सकारात्मक मानिलिँदै हर सम्भव सहयोग गर्ने आश्वासन दिए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ