40 जना बाल-बालिकाको सहभागिता संगै दुई दिवसीय समर किड्स क्याम आरम्भ

Share this news

खरसाङ, 30 जून (मोहन प्रसाद)ः सम्भवत प्रथम पटक खरसाङमा समर किड्स क्यामको आयोजन भएको छ। प्रथम चोटी मारवाड़ी युवा मञ्च खरसाङ अर्णवद्वारा आयोजित दुई दिवसीय समर किड्स क्याम 2025 को आयोजन विविध कार्यक्रम संगै सोमवारदेखि आरम्भ भएको छ। उक्त कार्यक्रम 1 जुलाईसम्म चल्ने छ। यस अवधि सोमवार खरसाङमा पत्रकारहरूसित बोल्दै वरिष्ठ मञ्चका प्रतिनिधि आयुष गुप्ताले जनाए अनुसार, मारवाड़ी युवा मञ्चद्वारा प्रथम पल्ट नानीहरूको निम्ति समर क्याम्पको आयोजन गरिएको छ। मारवाड़ी युवा मञ्चले 4 देखि 10 वर्ष आयुका बाल-बालिकाहरूलाई लिएर 30 जून देखि 1 जुलाईसम्म सफलता पूर्वक दुई दिवसीय समर क्याम्पको आयोजना गरेको छ। यस मनोरञ्जनात्मक अनि सचेतना मूलक कार्यक्रममा जम्मा 40 जना बाल-बालिकाहरूले भाग लिएका छन्, प्रथम दिनमा विभिन्न मनोरञ्जनात्मक अनि ज्ञानवर्धक गतिविधिहरूको मञ्चन भएको छ। नानीहरूले योग अनि ध्यान सत्रमा पनि भाग लिए, आर्ट एण्ड क्राफ्ट, ज़ुम्बा, नृत्य अनि गायनको आयोजन पनि भयो। विभिन्न खेलहरू अनि मनोरञ्जनात्मक गतिविधिहरूले बाल-बालिकाहरूलाई उत्साहित अनि सक्रिय बनाएको थियो। सठिक आगोको व्यवस्था बिना खाना पकाउने सत्र पनि सम्पन्न भएको थियो। जस अन्तर्गत नानीहरूले सरल, स्वस्थ नाश्ता वा खाजा बनाउन सिक्ने प्रयास गरे । पौष्टिक अनि स्वादिष्ट भोजनको पनि प्रथम दिनमा व्यवस्था गरिएको थियो। गुप्ताले थप जनाए अनुसार, 1 जुलाईको दिन आयोजन हुने कार्यक्रममा पनि ज्ञानवर्धक हुनेछन्। बाल-बालिकाहरूलाई वृक्ष रोपण कसरी गर्ने अनि त्यसको देखभाल कसरी गर्ने त्यस बारेमा पनि जनाइने छ। यस अभ्यासले ती नानीहरूलाई प्रकृतिप्रति जिम्मेवारीको भावना विकसित गर्नमा सहयोग गर्नेछ। नानीहरूलाई व्यक्तिगत सुरक्षामाथि महत्वपूर्ण मार्गदर्शन पनि गराइने छ। त्यति मात्र होइन, राम्रो स्पर्श अनि नराम्रो स्पर्श संगै अन्य आवश्यक जीवन कौशलको बारेमा पनि जानकारी दिइनेछ। मञ्चद्वारा थप जनाइए अनुसार, मारवाड़ी युवा मञ्च खरसाङ अर्णवद्वारा मञ्चको स्थापनाकाल देखिनै विभिन्न जनहित अनि सामाजिक कार्यहरू आयोजना भइरहेको छ। त्यति मात्र होइन, क्षेत्रका बाल-बालिकालाई विभिन्न पक्षबाट प्रोत्साहन गर्नु उद्देश्यले मञ्चद्वारा बाल-बालिकाहरूलाई लिएर चित्र बनाउ प्रतियोगिता आदि विभिन्न कार्यक्रमको विगतमा पनि आयोजन मञ्चले गरिएको थियो। सोमवार प्रथम दिन उक्त क्याम्प अन्तर्गत, नृत्य, योगा, मेडिटेशन, हाण्ड एण्ड क्राफ्ट क्रियाकलाप आदि कार्यक्रमको पनि मञ्चन भएको थियो। बाल-बालिकाहरूलाई यी विभिन्न विषयहरूमा तालिम अनि सचेत गराउने कार्य भइरहेको छ। ज्ञात रहोस्, मञ्चद्वारा विगतमा रक्तदान शिविर संगै अन्य विभिन्न जनहित अनि समाजिक कार्यक्रमको आयोजना भइसकेको छ भने यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ भनी आयुष गुप्ताले जनाए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ