सहिद परिवारको साथमा सदर-1 समष्टिमा सहिद दिवस पालन

Share this news

दार्जीलिङ,28 जुलाई(निसं): दार्जीलिङ सदर-1 समष्टिमा सहिद दिवस एक विशेष श्रद्धासुमन सहित भावपूर्ण वातावरणमा मनाइएको छ। समष्टि अध्यक्ष अमृत योञ्जनको अध्यक्षता सम्पन्न कार्यक्रममा उपस्थित सम्पूर्ण जनसमुदायले सहिदहरूको अतुलनीय बलिदानप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरे।
कार्यक्रमको शुभारम्भ धर्मगुरु लामाहरूको मन्त्रोच्चारणका साथ भएको थियो। सहिदहरूको आत्माले चिरशान्ती पाउन भनेर गरिएको पूजा, प्रार्थना र मन्त्रोच्चारणले उपस्थित सम्पूर्ण वातावरणलाई आध्यात्मिक रूपमा भावविभोर बनायो। त्यसपछि सहिद वेदिमा माल्यार्पण गरी सहिदहरूलाई सम्मानपूर्वक सम्झना गरियो भनी समष्टि मिडिया सेलले जानकारी गराएको छ।
सहिदहरु माथिको सम्बोधनमा, अध्यक्ष अमृत योञ्जन भावुक हुँदै भने, सन् 2017 सालमा आफ्नै सामुन्ने बिमल शाशंकरले प्राण त्याग गरेको सम्झना गर्दै, उनले सहिदहरूको बलिदानलाई केवल इतिहासको पानामा सीमित नराखी, वर्तमान र भविष्यको पथ प्रदर्शक मान्नुपर्ने आवश्यकता बताए।
कार्यक्रमको अन्त्यमा सहिद परिवारहरूप्रति कृतज्ञता स्वरूप सम्मान स्वरूप केही भेट कोशेली प्रदान गरिएको थियो। उक्त कार्यक्रमले सहिदहरूको स्मृतिलाई अझ गहिरो बनाउँदै, सम्पूर्ण समुदायमा एकता, जागरण र कर्तव्यबोधको भावना थप बलियो बनाएको छ भनी मिडिया सेलले बताएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ