म्यारथन म्यान अमर सुब्ब सिक्किमबाट दौड़ेर खरसाङ आइपुगे

Authored By: मोहन प्रसाद

Share this news

सिक्किमका म्याराथन म्यानको रूपमा परिचित धावक अमर सुब्बाले स्वास्थ्य जनचेतना र फिटनेस प्रवर्द्धन गर्ने उद्देश्यले हिमाली राज्य सिक्किमदेखि पश्चिम बंगालको दार्जीलिङ, खरसाङ हुँदै सिलगढ़ीसम्म विशेष स्वास्थ्य सचेतना दौड़ सम्पन्न गरेका छन्‌‍। यस दौड़मार्फत उनले सिक्किमका मुख्यमन्त्री पीएस गोलेले खेलकुद र खेलाड़ीहरूको हितमा सञ्चालन गरिरहेका विभिन्न कार्यहरूको प्रशंसा गर्दै कृतज्ञता व्यक्त पनि गरेका छन्‌‍।

यस विशेष दौड़मा अमर सुब्बासँगै दुई ऊर्जाशील युवा धावक प्रितम राई अनि बंगाल पुलिसका एएसआई जतिन छेत्रीले पनि सहभागिता जनाए। तीनै धावकले कठिन पहाड़को मार्ग पार गर्दै नियमित व्यायाम, स्वस्थ जीवनशैली र शारीरिक तन्दुरुस्ती अपनाउन सर्वसाधारणलाई प्रेरित गरे। यस दौड़मार्फत सुब्बाले मोबाइल फोनको अत्यधिक प्रयोग तथा लतबाट टाढ़ा रहन पनि सबैलाई आग्रह गरे।

सिक्किमदेखि दार्जीलङसम्मको दौड़को क्रममा विभिन्न स्थानमा खेलप्रेमी, धावक तथा स्थानीय मानिसहरू संँगै विक्रन फाउण्डेशन एवं खरसाङ एथलेटिक्स क्लवले तिनीहरूलाई न्यानो स्वागत जनाएका थिए साथै पेयजल, फलफूल तथा अन्य रिफ्रेसमेन्टको व्यवस्था गरेर धावकहरूको उत्साह पनि बढ़ाएका थिए। सोही क्रममा खरसाङ एथलेटिक क्लबले पनि अमर सुब्बा र उनको टोलीलाई खरसाङ मोटर स्ट्याण्डमा भव्य स्वागत जनाए।
यस स्वास्थ्य सचेतना दौड़ले फिटनेसप्रति जनचासो बढ़ाउनुका साथै युवा-पुस्तालाई खेलकुद र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरेको छ। स्थानीय मानिसहरूले अमर सुब्बा एवं उनका सहयात्रीहरूको प्रयासको प्रशंसा गर्दै यसले समाज साथै प्रत्येक व्यक्तिलाई स्वस्थ रहन प्रेरणा दिने पहलको रूपमा व्याख्या गरेका छन्‌‍।

खरसाङ एथलेटिक क्लबका वरिष्ठ सदस्य सञ्जय छेत्री साथै सचिव सन्दीप तामाङले जनाए अनुसार, क्लबका सदस्यहरूले विभिन्न स्थान र शहरहरूमा आयोजना हुने यस्ता दौड़हरूमा नियमित रूपमा सहभागिता जनाउने गरेको छ। यसपटक प्रत्यक्ष रूपमा दौड़मा सहभागी हुन नसके पनि धावकहरूको स्वागत गर्दै र उनीहरूलाई साथ दिएर क्लबले पनि यस विशेष स्वास्थ्य जनचेतना दौड़ अभियानमा आफ्नो सहभागिता जनाएको बताए।
अमर सुब्बाले आफू 56 वर्षको भए पनि नियमित दौड़को कारण आज पनि पूर्ण रूपमा स्वस्थ रहेको बताए। उनले सबैलाई स्वास्थ्यप्रति सचेत रहन, नियमित व्यायाम गर्न, स्वस्थ जीवनशैली अपनाउन र आफू तथा आफ्नो परिवारलाई स्वस्थ राख्न आग्रह गरे। जानकारी अनुसार अमर सुब्बाले शुक्रबार बिहान सिक्किमको पेलिङबाट दौड़ शुरू गरेका थिए। शनिवार जोरथाङ, दार्जीलिङ र खरसाङ हुँदै सिलगढ़ीस्थित दार्जीलिङ मोड़मा पुगेर आफ्नो दौडको समापन गरे तापनि स्वास्थ्य सचेतनाको समापन नभएको बताए।

Share this news
आजको रोजाइ
सिटोङमा राष्ट्रिय स्वयंसेवक संघको तीनदिने प्रारम्भिक प्रशिक्षण वर्ग सम्पन्न

सिटोङमा राष्ट्रिय स्वयंसेवक संघको तीनदिने प्रारम्भिक प्रशिक्षण वर्ग सम्पन्न

मिनर्भा एकेडेमीले गोथिया कप जित्दै इतिहास रच्यो, युरोपियन डबल पूरा

मिनर्भा एकेडेमीले गोथिया कप जित्दै इतिहास रच्यो, युरोपियन डबल पूरा

सोनम वाङचुकको आह्वान: ‘जुलाई २० को संसद मार्च भारतको दोस्रो स्वतन्त्रता आन्दोलन’

सोनम वाङचुकको आह्वान: ‘जुलाई २० को संसद मार्च भारतको दोस्रो स्वतन्त्रता आन्दोलन’

सोनम वाङचुकको अस्पताल स्थानान्तरण ‘मनमानी होइन’ भन्ने दिल्ली उच्च अदालतको फैसला

सोनम वाङचुकको अस्पताल स्थानान्तरण ‘मनमानी होइन’ भन्ने दिल्ली उच्च अदालतको फैसला

सामसुङद्वारा अमेरिकी रोजगारी कटौती र मुख्यालय टेक्सास सार्ने तयारी, कर्मचारीलाई स्थानान्तरणको प्रस्ताव

सामसुङद्वारा अमेरिकी रोजगारी कटौती र मुख्यालय टेक्सास सार्ने तयारी, कर्मचारीलाई स्थानान्तरणको प्रस्ताव

जम्मू-कश्मीरमा बाढी र पहिरोको वितण्डा: पुञ्च र राजौरीमा ११ जनाको मृत्यु, ७ बेपत्ता

जम्मू-कश्मीरमा बाढी र पहिरोको वितण्डा: पुञ्च र राजौरीमा ११ जनाको मृत्यु, ७ बेपत्ता

उच्च शिक्षाका लागि तमिलनाडु सरकारको ठूलो निर्णय, विद्यार्थीहरूलाई ७.५ लाखसम्म बिना धितो शिक्षा ऋण

उच्च शिक्षाका लागि तमिलनाडु सरकारको ठूलो निर्णय, विद्यार्थीहरूलाई ७.५ लाखसम्म बिना धितो शिक्षा ऋण

आमतला कार्यालयमा बुलडोजर चलाइएको विरुद्ध अभिषेक बनर्जीको उच्च अदालतमा अपील, आजै सुनुवाइ हुँदै

आमतला कार्यालयमा बुलडोजर चलाइएको विरुद्ध अभिषेक बनर्जीको उच्च अदालतमा अपील, आजै सुनुवाइ हुँदै

इरानको हिट लिस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प: तेहरानमा राखियो शवसहितको विशाल बिलबोर्ड

इरानको हिट लिस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प: तेहरानमा राखियो शवसहितको विशाल बिलबोर्ड

आमिर खानलाई लरेन्स बिश्नोई ग्याङबाट ज्यान मार्ने धम्की: ‘लभ जिहाद’ को आरोप र विवाहको विवाद

आमिर खानलाई लरेन्स बिश्नोई ग्याङबाट ज्यान मार्ने धम्की: ‘लभ जिहाद’ को आरोप र विवाहको विवाद

आजको रोजाइ