गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्रान्च कमिटीको नेतृत्वमा थर्वु डुप्टिन, मिरिक, सौरेनी र तराई समष्टिको संयुक्त तत्वावधानमा सौरेनी समष्टिको नाम्सु बुङकुलुङस्थित बालासन नदीको मुक्ति पुल वा ग्यामन ब्रिज परिसरमा विसं २०८२ को माघे संक्रान्ति पर्व पालन गरियो।
उल्लेखनीय छ, यस पर्वमा उपस्थित ब्रान्चका पदाधिकारी अनि सदस्यहरु र उपरोक्त चारैवटा समष्टिका पदाधिकारी एवं सदस्यवृन्दले बालासन नदीमा प्रकृतिको पूजा अर्चना गरे। उपस्थित सदस्यहरुले नदीमा पूजा गर्दै पहाड तराई र डुवर्सको राजनैतिक उन्मुक्ति हेतु लडिएको राजनैतिक स्थायी समाधान यथाशीघ्र पूर्ण होस् भनि प्रार्थना गरे।
कार्यक्रममा उपस्थित सबैले यस पर्वलाई गोर्खा जातिको निम्ति महत्वपूर्ण पर्वको रुपमा लिंदै तरुल फल प्रसाद ग्रहण गरे।
कार्यक्रममा मिरिक ब्रान्चबाट गोरामुमो केन्द्रिय कमिटीका सदस्यद्वय विरेन छेत्री र भवानी प्रसाद दुलाल उपस्थित थिए भने ब्रान्च कमिटीका अध्यक्ष महेन्द्र खडका, मिरिक समष्टि अध्यक्ष प्रसित राई, थर्वु डुप्टिन समष्टिकी वन्दना राई, सौरेनी समष्टि अध्यक्ष डीक बहादुर तामाङ(डीबी), तराई समष्टिका अध्यक्ष कर्ण प्रधान एवं ब्रान्चका उपसभापति एसबी तुम्रोक, भूतपूर्व सैनिक संगठन केन्द्रिय उपाध्यक्ष समिर तामाङ र ब्रान्च सदस्यहरु अमिर थापा, टिका राणा,जेबी लिम्बु, ब्रान्च कार्यालय सचिव सहदेव रनपहेली, एचपीडब्लुयु ब्रान्च अध्यक्ष आरएस देवान, गोर्खा राष्ट्रिय युवा मोर्चा ब्रान्च अध्यक्ष रुचन राई, सचिव निश्चल थापा, तराई समष्टिका प्रतिनिधि रामु शर्मा र धेरै धेरै कर्मठ सदस्यहरूको उपस्थिति रहेको
मिरिक ब्रान्च कार्यालय सचिव सहदेव रनपहेलीले एउटा विज्ञप्ति जारी गरेर यो समाचार दिएका छन्।












