लोसार कप-2026 उत्तम सेभेन सुम्बुक च्याम्पियन

Share this news

रिम्बिक,5 मार्च(निसं): रिम्बिक-लोधोमा समष्टि अन्तर्गत झेपी ग्राम पञ्चायतको बतासे खेल मैदानमा हिमालयन स्पोर्टिङ क्लब-द्वारा आयोजित लोसार कप-2026 को दोस्रो संस्करण  भव्य रूपमा समापन भयो। कार्यक्रमको प्रमुख अतिथि जीटीए पर्यटन विभागिय प्रमुख तथा क्षेत्रीय सभासद नोर्देन शेर्पा उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा कर्म अध्यक्ष मिलन प्रधान, ग्राम पञ्चायत सदस्यहरू थिए भने क्षेत्रका अन्य वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। पारम्परिक अनि सांस्कृतिक प्रदर्शनीसँगै सुरु भएको कार्यक्रममा लोसार विषयमा पनि वक्ताहरुले प्रकाश पारेका थिए। लोसर कप-2026 फुटबल प्रतियोगितामा ब्रदरहुड सिक्किम अनि उत्तम सेभेन सुम्बुकमाझ भिडन्त भयो।
खुबै रोमाञ्चक म्याचमा निर्धारित समयसम्म बराबरीमा खेलेपछि  टाइ-ब्रेकरमा पुगेको थियो। टाइ–ब्रेकरमा उत्तम सेभेन सुम्बुकले ब्रदरहुड सिक्किमलाई 6-5 गोल अन्तरले पराजित गर्दै लोसार कप-2026 को उपाधि जित्न सफल भयो। खेलभरि दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। आकर्षक ट्रफीकासाथ एक लाख 55 हजार रुपियाँ उत्तम सेभेन सुम्बुकले आफ्नो झोलीमा पारे भने पराजय टिम ब्रदरहुड सिक्किमले एक लाख 5 हजार रुपियाँसहित आकर्षक ट्रफी प्रदान गरियो।
फाइनल खेलका म्यान अफ द म्याच उत्तम सेभेनका खेलाडी सरजन लिम्बु  घोषित भए भने म्यान अफ द सिरिज ब्रदरहुड सिक्किमका सोनु हाङ लिम्बु बने।
यसैगरी, भेटेरन्स कप फाइनलमा डाली मिक्सअप भेटेरन्सले भेनस नेपाललाई 4-1 गोल अन्तरले पराजित गरेको छ।  आरएसएससी फेन्चेटारलाई बेस्ट टिम घोषित गरिएको छ भने यस टिमका  डानिस क्षेत्री बेस्ट गोलकिपर घोषित भए भने आरएसएससी फेन्चेटारका एक खेलाडी हाइएस्ट गोल स्कोरर बने।  प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, खेलाडी, प्रायोजक तथा दर्शकप्रति आयोजक क्लबले  आभार व्यक्त गरेको छ। लोसार कपले स्थानीय स्तरमा खेलकुद विकास, आपसी एकता र भाईचारा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएकोछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ