लङभ्यूका चिया श्रमिकहरूद्वारा धर्ना,चियाबारी मालिकविरुद्ध कारवाहीको माग

Share this news

दार्जीलिङ,20 जुलाई (निस): रिजनल पीएफ कार्यालय आघि लडब्यू चिया बगान श्रमिकहरूले धरना प्रदर्शन गरेर बगानका मालिक गोविन्द गर्ग विरूद्ध कार्वाहीको माग गरेको छ। यसबारे जानकारी दिदै हिल प्लान्टेशन इम्प्लोइज युनियनको पक्षमा छेवाङ योञ्जनले भनेअनुसार सन् 1913 सालदेखि लङभ्यू चिया बगानका मालिक गोबिन्द गर्गले नियमित रुपमा पीएफको पैसा जम्मा नगरेको विषय लिएर हिजो हिल प्लान्टेसन इम्प्लोइज युनियनले
सिलगढी रिजनल पीएफ कार्यालयमा धरना प्रदर्शन गरेको थियो। भुक्तभोगी लङभ्यू चिया बगानका श्रमिकहरूले हिजो दिउँसो दार्जीलिङ मोड़बाट सिलगढी जक्सनसम्म जुलूस निकालेका थिए। जक्सन परिसरमा अवस्थित रिजनल पीएफ कार्यालय
पुगेको उक्त जुलूस धरनामा परिणत भएको धर्नामा सयौं चिया श्रमिकहरू उपस्थित थिए। घर्ना अवधि युनियनका केन्द्रीय समिति सचिव छेवाङ योञ्जन, सदस्य तनुजा लामा, लङभ्यू यूनिटका सचिव विन्ध्य थापा, सहसचिव सजिना योञ्जन र
सदस्य कविता पाखरिङले रिजनल पीएफ कमिशनर एसएन घोषसँग भेट गरी 2013 सालदेखि मालिकले पीएफ जमा नगरेको विषयबारे अवगत गराए। कमिशनरसँगको भेट अवधि यी प्रतिनिधि टोलीले दुईवटा ज्ञापन पत्र बुझायो। ज्ञापनपत्रमा पीएफ कानूनको धारा 7 (ए) अन्तर्गत कम्पनी विरूद्ध कारबाही गर्नु पर्ने माग गरिएको छ भने अर्को ज्ञापन पत्रमा बगान स्तरमा देखा परेको पीएफ सम्बन्धित समस्याहरू जस्तै, नाम, जात, लिङ्ग, सम्पर्क नम्बर आदिको संशोधन, अनलाइन पक्रियामा समस्या भइरहेको आदि कुराहरू उल्लेख छ।
यता कमिशनर घोषले श्रमिक प्रतिनिधिहरूलाई सम्बोधन गर्दै आगामी 30 जुलाईको दिन बगान स्तरमा एउटा क्याम्प राख्ने आश्वासन दिएको अनि कम्पनी मालिक विरूद्ध पनि चरणबद्ध रुपमा कारबाही शुरू गर्ने आश्वासन दिएको छेवाङ योञ्जनले बताएका छन्।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन