Longview tea protest Darjeeling
Longview tea protest Darjeeling

लङभ्यू चिया बगानको डिजिटल सिग्नेचर सर्टिफिकेट अहिलेसम्म पनि छैन

Share this news

आज क्षेत्रीय पीएफ कार्यालय पुगेका श्रमिक प्रतिनिधिहरूले बगान माफिया प्रणालीमा चलिरहेको खुलासा गरेका छन्। सिलगढी पीएफ कार्यालय बगानको डिजिटल हस्ताक्षर प्रमाणपत्र नभएको थाहा लागेको छ। तर हरेक चोटिको त्रीपक्षीय वार्तामा मालिक गोविन्द गर्ग, एचआर साबरी घोष र प्रबन्धक एपी सिंहले उनीहरूको DSC भएको दावी गर्दै आइरहेका थिए। के पहाडका अन्य बगानहरूमा पनि यस्तै माफिया त चलिरहेको छैन? प्रश्न खडा भएको छ। यसअघि लङभ्यू चिया बगानका मालिक गोविन्द गर्गले कोलकातामा भएको त्रिपक्षीय सम्झौता उल्लंघन गरेपछि बगानका श्रमिकहरू सडक आन्दोलनमा उत्रिएका छन्। बगान मालिक गोविन्द गर्गको रवैया विरूद्ध श्रमिकहरूले तुरुन्त सरकारी हस्तक्षेपको माग गरेका छन्।

कलकत्तामा भएको सम्झौता अनुसार बकया तलब र ज्याला 31 मार्च 2026 भित्र भुक्तानी गर्ने, पुराना बक्यौता प्रत्येक महिना 15 प्रतिशतका दरले अप्रिलको पहिलो साताबाट भुक्तानी सुरु गर्ने सहमति भएको थियो। सम्झौता अनुसार 15 अप्रेल भित्र रुपिया 3,15,08,357 पीएफ पनि मालिकले भुक्तान गर्नु पर्ने थियो साथै, अवकाशप्राप्त ७६ जना श्रमिकहरूको बाँकी ग्राच्युटी प्रत्येक महिना ३ लाख रुपैयाँका दरले भुक्तानी गर्ने निर्णय गरिएको थियो। तर, मालिक गर्गले उक्त सम्झौताका कुनै पनि बुँदा कार्यान्वयन गरिएको छैन। यसले श्रमिकहरू र सरकारबीचको विश्वासमाथि गम्भीर आघात पुर्‍याएको श्रमिकहरूको आरोप छ।

हिल प्लान्टेसन इम्प्लोइज युनियन (HPEU) ले २०२६ को विधान सभा निर्वाचनअघि नै श्रमिकहरूलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ। युनियनले चेतावनी दिँदै भनेको छ कि यदि २३ अप्रिलभित्र श्रम विभागले हस्तक्षेप गरी बक्यौता रकम भुक्तानी गराउन सकेन भने आन्दोलन अझै कडा बनाइनेछ। स्मरण रहोस् गत १० मार्च २०२६ मा पश्चिम बंगाल श्रम विभागको आह्वानमा आयोजित त्रिपक्षीय बैठकमा लङभ्यू चिया बगानमा सक्रिय सबै ट्रेड युनियनहरू सहभागी भएका थिए। उक्त बैठक श्रम मन्त्री मोलोय घटकको उपस्थितिमा सम्पन्न भएको थियो भने बैठकको अध्यक्षता श्रम विभागका सचिव अवनिन्द्र सिंहले गरेका थिए। साथै, श्रम आयुक्त डा. एम.डी. इखलाक इस्लाम, अतिरिक्त श्रम आयुक्त अर्नाल मजुमदार, विशाल कुमार शाह लगायत अन्य उच्च अधिकारीहरू पनि उपस्थित थिए। उत्तर बंगाल क्षेत्रका अतिरिक्त श्रम आयुक्त पार्थ बिस्वास, जीटीएका उप-श्रम आयुक्त आर्थर होरो तथा जीटीएका उपाध्यक्ष राजेश चौहानको पनि उपस्थिति रहेको थियो। बैठकमा बगान व्यवस्थापन पक्षबाट मालिक गोविन्द गर्ग, एचआर शाबरी घोष र प्रबन्धक अजीत पाल सिंह सहभागी भएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ