सभासद भूपेन्द्र छेत्रीको अन्तिम संस्कार 

Share this news

पुलबजार 29 जनवरी(निसं):पुल- बिजनबारी-गोक समष्टिका सभासद भूपेन्द्र छेत्रीको अन्तिम संस्कार पुलबजार नजीक छोटा रंगीत खोलामा रहेको शव दहन स्थलमा गत 26 जनवरी गणतन्त्र दिवसको दिन गरियो। यसअघि पुलबजारमा उनलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न केही समय राखियो । यसदिन छेत्रीको शव यात्रामा जीटीए प्रमुख कार्यकारी अनित थापा लगायत सभासद राजेश चौहान, सतिश पोखरेल , अन्जुल चौहान, सन्दिप छेत्री अनि भागोप्रमोका शीर्ष नेतृत्वहरू अनि अधिक मात्रामा स्थानीय मानिसहरू सामेल थिए। यसदिन गणतन्त्र दिवसमा केवल राष्ट्रिय झण्डा लगाउने कार्यक्रम मात्र ग्राम पञ्चायत अनि कार्यालयहरुमा भयो। यसरी नै सभासद भूपेन्द्र छेत्रीको निधनप्रति शोक प्रकट गर्दै एक बजे दिउँसोसम्म पुल बजार, बिजनबारी बजार बन्द राखियो। शव यात्रामा सामेल रहेका गोक ग्राम पञ्चायत समिती सदस्य नन्दिता राईले सभासद छेत्री अत्ति नै मृदुभाषी अनि जनताको हितको निम्ति कार्य गर्ने सभासद रहेको उनले जनाइन्। समष्टिमा धेरै विकासको कार्यहरु उनकै पहल र नेतृत्वमा भइरहेको पनि उनले बताइन्। आगामी तीन फरवरीको दिन आफ्नो छोरीको गुन्यु चोली कार्यक्रम घरमा गर्ने र यस अघि सात दिन व्यापी शिव महापुराण पाठ पूजा गराउने सभासद स्व. छेत्रीको कार्यक्रम रहेको वासिन्दा निशत रानाले पनि अवगत गराए। उनको आकस्मिक निधनले समष्टि अनि नयाँ बस्ती क्षेत्रमा ठुलो क्षति पुगेको उनले जनाए। नयाँ नोर ग्राम पञ्चायत अन्तर्गत विशेष तीन व्यक्तित्वहरू विगत फरवरी महिनामा कवि तथा शिक्षक कैलाश पाण्डे यस पछि वार्ड सदस्य मंगल सुब्बा र अहिले सभासद भूपेन्द्र छेत्री जस्तो सक्रिय व्यक्तित्वहरू गुमाउनु परेकोमा हिमालयन अवकाश प्राप्त प्राथमिक शिक्षक कल्याण समितिका सचिव गंगा प्रसाद प्रधानले अत्यन्त दुःखद विषय रहेको जनाउँदै गहिरो शोक प्रकट गरे। आफ्नो गाउँ क्षेत्रको निम्ति यो अत्यन्त अपुरणीय क्षति रहेको प्रधाले जनाए।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ