मकैबारीमा भागोप्रमो समर्थित श्रमिक संगठनले श्रमिकको हितमा धेरै कार्य गरिरहेको मण्डल छेत्रीको दावी

Share this news

मकैबारी,12 जुलाई(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अधिनस्थ श्रमिक सङ्गठन हिल तराई डुवर्स प्लान्टेशन लेबर युनियनले मकैबारी चिया बगानमा धेरै उपलब्धि मूलक कार्यहरू गरेको दावी युनियनका शाखा सभापति मण्डल छेत्रीले गरेका छन्। तिनले जनाए अनुसार युनियनले यहाँका श्रमिकहरूका विभिन्न मागहरूलाई लिएर 5 मईमा बगानका प्रबन्धकहरूसँग एउटा बैठक सम्पन्न गरेको थियो। त्यस बैठकमा सङ्गठनको पक्षबाट खरसाङ महकुमा समितिका सभापति सागर गुरूङ, सचिव भक्तिमान तामाङ, प्रचार प्रसार सचिव बसन्त कुलुङ राई लगायत स्थानीय नेतृत्वहरू उपस्थित थिए। त्यस बैठकमा स्थानीय श्रमिकहरूका बीसवटा मागहरूमा अठाह्रवटा माग पारित गरेर बगानपक्षले ती अठाह्रवटा मागहरू दिने सहमति गरे फलस्वरूप हाललाई बगानबाट एम्बुलेन्स उपलब्ध गराइएको तथा बिरामीहरूको 2017 देखि रोकिएका मेडिकल बीलहरू भुक्तान गर्न थालिएको जनाए। त्यसबाहेक श्रमिकहरूले पाउने चियापत्ती टिपेको अतिरिक्त पैसा आठ रूपियाँ र दश रूपियाँ थियो त्यसको पनि बढोत्तरी गरेर बाह्र रूपियाँ र पन्ध्र रूपियाँ गरिएको छेत्रीले थप जनाए। तिनले सबैभन्दा ठूलो उपलब्धि यहाँ धेरै वर्षदेखि स्थायी श्रमिकहरूको 2014 देखि नयाँ नियुक्ति भएको थिएन भन्दै तर यसपल्ट यहाँका तेइस जना नयाँ श्रमिकहरूले गत 2 जुलाईदेखि नियुक्ति पाएर काममा हिँड्न थालेको जानकारी गराए। छेत्रीले यसको निम्ति संगठनका प्रतिनिधिहरू अनि बगानका प्रबन्धक अनि कम्पनीप्रति विशेष आभार प्रकट गरेका छन्। तिनले अझ श्रमिकहरूको सहयोग प्राप्त भए औ एकताको सुत्रमा बाँधिएर भागोप्रमोलाई समर्थन जनाए यहाँ श्रमिकहरूको हितमा धेरै कार्य गरिने बताए। यसको निम्ति सबै श्रमिकहरुलाई आग्रह गर्दै भागोप्रमो समर्थित श्रमिकले गरेका यी कार्यहरूको पनि आफूहरूले सटीक मूल्याङ्कन गर्नुपर्छ भनी बताए। तिनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा प्रमुख अनित थापाको कुशल नेतृत्व र सोचले गर्दा आज संगठनले श्रमिकहरूको हितमा धेरै कार्य गरिरहेको जनाउँदै यसै चिया बगान अन्तर्गत कैलापानी गाउँका एघार घर पैह्रो पिडितहरूलाई पुनर्वास गराउन अनित थापाले ठूलो सहयोग गरिरहेको अवगत गराउँदै पिडितहरूको जमीन उपलब्ध गराउन तिनले बगानपक्षसँग बारम्बार कुराकानी गरिरहेको जनाए। छेत्रीले अझ ती पिडितहरूको घर निर्माण गर्न पनि जीटीए प्रमुखको सहयोग रहने आशा व्यक्त गरेका छन्। तिनले जनाए अनुसार अहिले ती पेह्रो पिडितहरुको घर बनाउन जमीन नाप्ने औ खन्ने काम भइरहेको पनि अवगत गराउँदै तर यस कार्यमा बगानपक्षले विलम्ब नगरिदिने अनुरोध गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ