खरसाङमा नेवार समुदायको क्वाँटी पूर्णिमा समारोह लाखे नृत्य र विभिन्न सांस्कृतिक झाँकीको साथमा सम्पन्न

Share this news

खरसाङ, (हनोक): खरसाङमा अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको आयोजनामा नेवार जातिको पर्व क्वाँटी पूर्णिमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुका साथमा पालन गरिएको छ। गत वर्षहरु झैं यसपाली पनि नेवार समुदायको महत्वपूर्ण चाढ क्वाँटी पूर्णिमा खरसाङ्मा लाखे नृत्यसितै विभिन्न सांस्कृतिक झाँकीहरुका साथमा रैली निकालेर पालन गरिएको छ। यस अवसरमा खरसाङ्को भीमेश्वर मन्दिर परिसरबाट विभिन्न सांस्कृतिक झाँकीहरुका साथमा रैली निकालेर धर्मशाला हुँदै मोटर स्ट्याण्ड र हिल कार्ट भएर खरसाङ्को पार्क लोकेशनस्थित गोर्खा सार्वजनिक भवनमा पुगेर विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा क्वाँटी पूर्णिमा कार्यक्रम आयोजना गरिएको छ। अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको सभापति एंव शिक्षक प्रकाश प्रधानको अध्यक्षता र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिको महासचिव अमर लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेवार समुदायको महत्वपूर्ण पर्व क्वाँटी पूर्णिमा विषयमा चर्चा परिचर्चा गरिएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, रोगी कल्याण समितिको सभापति दिवस छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमको शुरुमा राष्ट्रिय गान जन गण मण अनि अखिल भारतीय नेवार राष्ट्रिय गान पनि प्रस्तुत गरेर कार्यक्रम शुरु गरिएको थियो। कार्यक्रममा अखिल भारतीय नेवार संगठनको दिवंगत भएका संस्थापक सदस्यहरु साथै वर्तमान सदस्य समस्याहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो।कार्यक्रममा स्वागत सम्भाषण संगठनको सचिव सुवास प्रधानले राखेका थिए भने कार्यक्रमलाई गोर्खा जनपुस्तकालय खरसाङ्को उपाध्यक्ष प्रकाश प्रधानले सञ्चालन गरेका थिए। कार्यक्रममा नेवार समुदायको महत्वपूर्ण चाढ क्वाँटी पूर्णिमा विषयमा नेवार समुदायको गुबाजु अलंकारकुमार प्रधानले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा नेवार समुदायको विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान जनाइएको छ। कार्यक्रममा नेवार समुदायको विभिन्न व्यक्तिहरु जसले पीएचडी, बीडीएस साथै विभिन्न प्रतियोगितामूलक खेलहरुमा बिजयी बनेका खेलाडीहरुलाई सम्मान जनाइएको छ। यस क्रममा पीएचडी पूरा गर्ने डा प्रज्वल प्रधान, बीडीएस गर्ने डा अमसुता प्रधान र डा नयनिका प्रधान, एमबीबीएस गर्ने डा. प्रगति प्रधान साथै विभिन्न प्रतिस्पर्धात्मक खेलहरुमा बिजयी बनेका खेलाडीहरुलाई जस्तै बडी बिल्डिङ्मा रिना प्रधान, जुनियर नेशनल ब्याटमिन्टन खेलाडी प्रियंका प्रधान, किक्‌‍ बक्सिङ्मा कृतिमा प्रधान र रिवाज प्रधान, बक्सिङ्मा मयङ प्रधान र कराँतेमा सबीनकुमार प्रधान आदिलाई कार्यक्रममा सम्बर्ध्दना जनाइएको छ। उक्त सम्बर्ध्दना पत्रहरु उमा प्रधान, आशा प्रधान र पुणम प्रधान आदिले पठन गरेका थिए। कार्यक्रममा अखिल भारतीय नेवार गुरुजु खलद्वारा नेवारी भजन प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित अमर लामाले वक्तव्य राखेका थिए भने सभाध्यक्ष प्रकाश प्रधानले अध्यक्षीय सम्भाषण साथै धन्यवाद ज्ञापन गरेका थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको सचिव सुवास प्रधानले अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको आयोजनामा लामो समयदेखि क्वाँटी पूर्णिमा समारोह आयोजना गर्दै आईरहेको र उनले क्वाँटी पूर्णिमा पर्व नेवार समुदायको महत्वपूर्ण पर्व रहेको र यसको महत्व विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ