यान-वाहनको चलाचलमा वृद्धिले खरसाङ्मा यातायात जामको स्थिति

Share this news

खरसाङ, (निसं)ः खरसाङ बजारमा बिहीवार पटक-पटक यातायात जामको स्थिति सृजना भयो। जामको कारण यात्री अनि जनसाधरणले समस्याको सामना गर्न पऱ्यो। यातायात जामको

ट्राफिक पुलिस, सिभिक भोलेन्टियरहरूले पनि निकै मेहनत गर्न पऱ्यो। पटक पटक जामको स्थिति रहेकोले खरसाङ ट्राफिक ओसी वीरेन्द्र छेत्री आफै यातायात सुचारु राख्नको निम्ति खटिएका थिए। जामको कारण दार्जीलिङदेखि सिलगढ़ी गाइरहेका अनि सिलगढ़ीदेखि दार्जीलिङ गाइरहेका यात्रीहरूले समस्याको सामना गर्न पऱ्यो भने स्थायीय मानिसहरूले पनि समस्याको सामना गर्न पऱ्यो। डुमारामका एक व्यक्तिले आफ्नो परिवारका सदस्यलाई अस्पतालमा डाक्टर देखाउन ल्याएको घर फर्कन्दा बजारबाट डुमाराम पुग्नलाई आधा घण्टाको समय लागेको बताए। वर्तमानमा खरसाङ बजार भएर यान-वाहनको चलाचल बाक्लो रहेको छ। राष्ट्रिय राजमार्ग 10 पैह्रोको कारण बन्द रहेकोले सिक्किमका धेरै गाड़ीहरू रोहिणी रोड अनि खरसाङबाट राष्ट्रिय राजमार्ग भएर चलिरहेका छन्‌‍। स्वतन्त्रता दिवसको दिन शुक्रवार, त्यसपछि शनिवार र आइतवार खरसाङ्का विद्यालयहरू बन्द रहने भएकाले आवशीय विद्यालयका कतिपय अभिभावकहरूले आफ्नो नानीहरूलाई घर लिएर गइरहेका छन्‌‍। यसै गरी स्वतन्त्रता दिवसको दिन विदा रहेको र त्यसपछि शनिवार र आइतवार पनि बिदा रहेकोले खरसाङ्का विभिन्न कार्यालय, विद्यालय, ब्याङ्कहरूमा काम गर्ने कर्मचारीहरू अनि बाहिर काम गर्नेहरू पनि घर गइरहेका छन्‌‍ अथवा आइरहेका छन्‌‍। यसैले खरसाङ शुक्रवार यान-वाहनको चलाचल बाक्लो रहेको पाइएको छ। अर्को तर्फ खरसाङ शहरमा यान-वाहनको चलाचल बाक्लो रहेको समयमा दार्जीलिङबाट सिलगढ़ी गइरहेका गाड़ीहरू टुरिष्ट लजबाट कप्तान सुरज शर्मा पथ भएर वन्‌‍ वे पठाइन्थ्यो। केही दिन अघिको वर्षाले उक्त सड़क क्षतिग्रस्त बनेकोले बन्द राखिएको छ। वर्तमानमा दार्जीलिङदेखि सिलगढ़ी जानेहरू खरसाङ बजार भएर गइरहेका छन्‌‍। यसो हुँदा खरसाङ बजार क्षेत्रमा यान-वाहनको चलाचलमा अघिक वृद्धि भएको छ। यसैले खरसाङ शहरी क्षेत्रमा यातायात जामको स्थिति सृजना हुनु स्वाभाविकै रहेको मानिसहरूको मत छ। यस्तै जामको स्थिति बुधवार पनि खरसाङ्मा देखिएको थियो। कारण

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ