खरसाङ, 16 जुलाई (निसं): खरसाङ फुबल एसोसिएशन अनि जीटीएको युवा एवं खेल मामिला विभागको संयुक्त तत्वावधानमा आयोजना भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको एघारौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा रहेको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको बुधवार एघारौँ दिनको खेल च्याम्पियन डिभिजन अन्तर्गत महानदीको घुम्ती एफसी अनि सन्तमेरिज एफसीमाझ सम्पन्न भयो। यस खेलमा घुम्ती एफसीका खेलाड़ीहरूले खेलको आरम्भदेखि अन्तसम्म आफ्नो दबाव बनाइराख्न सफल बने, फलस्वरुप घुम्ती एफसीका खेलाड़ीहरूले 7 गोल गरे भने सन्तमेरिज एफसीका खेलाड़ीहरूले 1 गोल मात्र गर्न सके। यस प्रकार यो खेल घुम्ती एफसीले 1 गोलको विरुद्ध 7 गोलले जितेको छ। बुधवारको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू प्रमोद प्रधान, नितेश देवान, रेबिका प्रधानले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।
