स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टमा नगद राशि बढ़ाइने म्यारथन दौढ़ पुरा गरेका सबै धावकलाई मेडल प्नदान गरेर सम्मान जनाइने

Share this news

खरसाङ, 16 जुलाई (निसं): खरसाङ महकुमा खेलकुद सङ्घको एक सभा यसको हाट बजारस्थित निजी कार्यालयमा मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। सभामा गत 13 जुलाईको दिन सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालयमा सम्पन्न भएको एक दिवसीय आठौँ जिल्ला स्तरीय टेबल टेनिस खेलको विषयमा चर्चा गरियो। सभामा वक्ताहरूले उक्त खेल खुबै सफलता पूर्वक सम्पन्न भएको बताउदै सन्तुष्ट प्रकट गरे। यस खेललाई सफलता पूर्व सम्पन्न गरिएकोमा सम्पूर्ण सहभागी खेलाड़ी, संघका पदाधिकारी अनि सदस्यहरूलाई सचिव निर्मल गुरुङले धन्यवाद दिए। सभामा आगामी 15 अगस्त 79 औँ स्वतन्त्रता दिवस समारोहको अवसरमा आयोजना गरिने म्यारथन दौढ़ अनि स्वतन्त्रता दिवस नगद राशि खुल्ला फुटबल टुर्नामेन्टको बारेमा चर्चा गरियो। चर्चापछि विगतका वर्षहरू जस्तै यस वर्ष पनि खरसाङ महकुमा खेलकुद संघले स्वतन्त्रता दिवस समारोह आयोजक समिति खरसाङ नगरपालिकाको सहयोगमा म्यारथन दौढ़ अनि स्वतन्त्रता दिवस खुल्ला नगद राखि फुटबल टुर्नामेन्टको आयोजना गर्ने निर्णय सभामा लिइयो। अघिका वर्षहरू जस्तै म्यारथन दौढ़ केटाहरूको निम्ति गोराबारीबाट आरम्भ गरिने अनि केटीहरूको निम्ति दिलारामको चटकपूरबाट आरम्भ गरिने निर्णय सभामा गरियो। म्यारथन दौढ़को नियमहरूमा केही परिवर्तन गर्दै उक्त म्यारथन दौढ़मा सहभागी बनेर दौढ़ पुरा गरेका प्रत्येक धावकलाई मेडल प्रदान गरेर सम्मान जनाउने सभामा प्रस्ताव पारित गरियो। यस दौढ़म्ा प्रथम, दोस्रो अनि तेस्रो स्थानमा रहेका धावकहरूलाई ट्रफी अनि नगद पुरस्कार प्रदान गरिने अनि चौथोदेखि दशौँ स्थानसम्म आएका धावकहरूलाई मेडल र नगद पुरस्कार प्रदान गरिने सभामा निर्णय गरियो। म्यारथन दौढ़मा भाग लिन चाहाने इच्छुक धावकहरूको निम्ति आगामी 5 अगस्तदेखि संघको हाट बजारस्थित कार्यालयमा बिहान 10 बजेदेखि फारम वितरण गरिने निर्णय सभामा लिइयो। सभामा स्वतन्त्रता दिवस नगद राशि खुल्ला फुटबल टुर्नामेन्टमा प्रदान गरिने नगद राशिलाई यो वर्ष बढ़ाउने निर्णय लिइयो। यस टुर्नामेन्टमा भाग लिन चाहाने इच्छुक फुटबल टीम, विद्यालय, क्लब, अकादमीहरूले आगामी 30 जुलाई भित्रमा आफ्नो टीमको नाम दर्ता गराइसक्नु पर्ने सभामा निर्णय गरियो। यस सभाको बारेमा जानकारी गराउदै खरसाङ महकुमा खेलकुद संघका उपाध्यक्ष फूर्बा घिसिङले भने, प्रत्येक वर्ष खरसाङ्मा स्वतन्त्रता दिवस समारोह आयोजक समितिको सहयोगमा अनि खरसाङ महकुमा खेलकुद संघको आयोजनामा स्वतन्त्रता दिवस नगद राखि फुटबल टुर्नामेन्ट अनि स्वतन्त्रता दिवस म्यारथन दौढ़को आयोजना गर्ने गरिन्छ। यस क्रमलाई निरन्तरता दिँदै यो वर्ष पनि यी दुवै प्रतियोगिता खरसाङ महकुमा खेलकुद संघले स्वतन्त्रता दिवस समारोह आयोजक समितिको सहयोगमा आयोजना गर्नेछ। यस वर्ष स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्ट भिक्टोरिया बोईज स्कूलको खेल मैदानमा आयोजना गरिनेछ, म्यारथन दौढ़ विगत वर्षहरू जस्तै केटाहरूको निम्ति गोराबारीबाट अनि केटीहरूको निम्ति दिलारामको चटकपूरबाट आरम्भ गरिनेछ। घिसिङले यी दुवै प्रतियोगितामा भाग लिन चाहाने इच्छुक फुटबल टीम, विद्यालय, शैक्षिक संस्थान, अकादमी, क्लब र धावकहरूलाई संघको कार्यालयसित सम्पर्क राखेर फारम प्राप्त गर्ने अथव पञ्जीकरण गराउने अपिल गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

आजको रोजाइ