खरसाङ सुपर लीग 2025 को तेस्रो दिनको खेलमा मकैबारी विजय

Share this news

खरसाङ, 7 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिएशन अनि जीटीएको युवा एवं खेल मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीकको तेस्रो दिनको खेल सम्पन्न भएको छ। तेस्रो दिनको खेल च्याम्पियन डिभिजन अन्तर्गत मकैबारी युनाइटेड फुटबल क्लब अऩि त्रिशुली संघमाझ सम्पन्न भयो। यस खेलमा खेलको अवधिभर मकैबारी युनाइटेड क्लबको दबाव देखियो। विपक्षी दलको दबावको सामना गर्दै त्रिशुली संघका खेलाड़ीहरूले गोल गर्ने प्रयास गरे तापनि मकैबारी स्पोर्टिङ क्लबका खेलाड़ीहरूले ती सबै प्रयासहरू विफल बनाइदिए। यस प्रकार यो खेलमा मकैबारी युनाइटेड फुटबल क्लबले त्रिशुली सङ्घलाई शुन्यको विरुद्ध 6 गोलले परजित गर्‍यो। यस खेलमा मकैबारीका खेलाड़ी जर्सी नम्बर 15 अङ्कित तामाङले 1 गोल, जर्सी नम्बर 13 पेमा लामाले 1, जर्सी नम्बर 11 नेहाल खवासले 2 गोल, जर्सी नम्बर 4 एमोन राईले 1, जर्सी नम्बर 44 सुमिरन प्रधानले 1 गोल गरेका थिए। खरसाङ फुटबल एसोसिएशनका सचिव सुदीप राईले जानकारी दिए अनुसार यस खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू नितेश देवान, रेबिका प्रधान, मनीष थापाले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।


Share this news
आजको रोजाइ
वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत