स्वतन्त्रता दिवसको तयारीलाई लिएर खरसाङमा सभा सम्पन्न

Share this news

आगामी स्वतन्त्रता दिवसलाई लिएर तयारी गर्दै खरसाङ नगरपालिकाको पहलमा आज खरसाङमा एक सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनको चेयरम्यान ब्रिगेन गुरूङको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आगामी स्वतन्त्रता दिवस समारोह पालनलाई लिएर विभिन्न सर सल्लाहहरु र कार्यक्रम विषयमा छलफल गरिएको छ। सभामा खरसाङ क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुका विद्यालय प्रमुखहरु, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु र जनप्रतिनिधिहरु उपस्थित रहेका थिए। सभालाई सभासद श्याम शेर्पा, प्रेमेन्द्र गुरूङ, जोगेन्द्र प्रसाद, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, सभाध्यक्ष खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ लगायत अन्यहरुले वक्तव्य राखेका थिए। वक्ताहरुले आगामी स्वतन्त्रता दिवस समारोह विषयमा सल्लाह सुझावहरु राखिएको थियो। सबैले विभिन्न प्रकारका सल्लाह सुझावहरु राखेपछि सभाध्यक्ष ब्रिगेन गुरुङले अध्यक्षीय सम्भाषण राखेका थिए। उनले सभामा उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी सभामा पनि सबैलाई उपस्थित भएर विभिन्न सुझावहरु राखिदिने अनुरोध गरेका छन्। आगामी स्वतन्त्रता दिवस समारोहलाई लिएर यो पहिलो सभा भएकोले आगामी दिनमा अझ वृहत रुपमा सभाको आयोजना गरिने निर्णय गरिएको छ। सभाको निर्णय अनुसार यसपालीको स्वतन्त्रता दिवस समारोहमा खरसाङ महकुमा क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुबाट यसपालीको दशौं र बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण विद्यार्थीहरु, विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने खरसाङ क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, स्वतन्त्रता सेनानीका परिवारहरु, शहीदका परिवारहरु साथै अन्यहरुलाई सम्मान गरिने भएको छ। उक्त सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले यो पहिलो सभा रहेको र आगामी दिनमा हुने सभामा अझ वृहत् रुपमा सबैलाई उपस्थित भईदिने अनुरोध गरेका छन्। उनले खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरुलाई सभामा उपस्थित भईदिने अनुरोध गर्दै स्वतन्त्रता दिवस समारोहमा विभिन्न विद्यालयहरुको तर्फबाट विभिन्न कार्यक्रमहरु ल्याईदिने अनुरोध पनि गरेका छन्। उनले यसपालीको स्वतन्त्रता दिवस समारोहमा विभिन्न सम्मानहरु विषयमा पनि जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ